ट्रेड युनियन खारेज गर्नुहुँदैन : कांग्रेस

२३ श्रावण, काठमाडौँ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रसेवक कर्मचारीहरुको संगठन आधिकारिक ट्रेड युनियन खारेजीको धारणा स्वीकार्य नहुने प्रष्ट पारेको छ । कांग्रेस संसदीय दलले बुधबार प्रेस वक्तव्य जारी गरेर खारेजीको तयारीमा रहेको भनिएको यूनियन स्वीकार्य नहुने प्रष्ट पारेको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वक्तव्य जारी गरेर सरकारलाई ट्रेड युनियन खारेजसम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सररकारलाई सचेत गराएका छन् ।
“ट्रेड युनियन खारेजीको धारणा नेपाली कांग्रेसलाई स्वीकार्य छैन । तसर्थ ट्रेड यूनियन खारेजसम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सरकार र सम्बन्धित पक्षलाई नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ,” वक्तव्यमा भनिएको छ । राष्ट्रसेवक कर्मचारीहरुको हकहित एवम् संरक्षणका लागि गठन भएको आधिकारिक ट्रेड युनियन खारेज गर्ने भन्ने समाचारप्रति संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख सचेतक खाँणले श्रमिक कर्मचारीहरुको हकहितलाई कुण्ठित गर्ने अभिप्रायले ट्रेड यूनियन खारेज गर्नु अत्यन्त दुखद् पक्ष भएको बताएका छन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]