वैदेशिक रोजगारीमा हुने मृत्युदर घट्दै

गोपाल संग्रौला
२३ साउन, काठमाडौं
रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या घटेसँगै गन्तव्य मुलुकमा मृत्यु हुनेको संख्या पनि घटेको छ । अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारमा गएका नेपाली युवाको मृत्यु गत आर्थिक वर्षमा ८ प्रतिशतले घटेको हो ।
आर्थिक वर्ष २०७४(७५ मा वैदेशिक रोजगारीमा गएर मृत्यु भई आर्थिक सहायता लिने परिवारको संख्या ८२४ बाट घटेर आव २०७५(७६ मा ७५३ मा झरेको छ । तर अघिल्लो आवको तुलनामा अंगभंग हुनेको संख्यामा भने गत आवमा केही वृद्धि भएको छ । अघिल्लो आवमा रोजगारीका क्रममा अंगभंग हुने नेपाली युवा ३२५ जना रहेकोमा गत आवमा ३३५ पुगेको छ । रोजगार प्रवद्र्धन बोर्डका निर्देशक तथा सूचना अधिकारी दीनबन्धु सुवेदीले सरकारले विदेश जाने श्रमिकको सामाजिक अवस्था सुधारका कार्यक्रम सञ्चालन र रोजगारीमा जाने युवामा देखिएको सुरक्षा सचेतनाका कारण मृत्युको संख्या घटेको बताए ।

सरकारले वैदेशिक रोजगारी जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदरलाई भने न्यून अंकमा घटाउन सकिएको छैन । आर्थिक वर्ष २०७३(७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको मृत्यु भएकोमा अघिल्लो आवमा यो संख्या बढेर ८२१ पुगेको थियो भने गत आवमा ६८ जनाले घटेको छ । यो संख्या विदेशमा मृत्यु भई आर्थिक सहायता पाउने युवाको संख्या मात्र हो । श्रम स्वीकृतीको म्यादभन्दा अधिकतम १ वर्ष पुरा भएका मृतकका परिवारलाई दिएको आर्थिक सहायताका आधारमा यो संख्या निर्धारण गरिएको हो । आर्थिक सहायताको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोड्ने हो भने अझ बढी हुने देखिन्छ ।
आव २०७५(७६ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने कामदारको संख्या ७२३ पुगेकोे रोजगार प्रबद्धन बोर्डले जनाएको छ । एक वर्षको अवधिमा मृत्यु भएका यी नेपालीको संख्याका आधारमा प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरमा सरकारले यो अवधीमा ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग वितरण गरेको छ । यसरी नै अंगभंग भई बोर्डबाट आर्थिक सहायता लिन नेपालीको संख्या पनि गत वर्षभन्दा १० जना बढी रहेकोे देखिन्छ । अघिल्लो आवमा सबैभन्दा बढी २८९ नेपाली युवाको मृत्यु मलेसियामा भएको थियो भने दोस्रोमा साउदी अरब २०३ र कतार १२३ जना रहेका थिए । तर विगत ३ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी नेपाली कतारमा ३ लाख ५३ हजार, मलेसिया २ लाख ६० र साउदी अरबमा २ लाख ५३ हजार गएको देखिन्छ । जिल्लागत रूपमा हेर्दा सबै भन्दा बढी मृत्यु हुने जिल्लामा मोरङङ ३९, सर्लाहीका ३६ र धनुषा ३३ रहेका छन् ।
अंगभंग हुने संख्या भने बढ्दो
यसरी नै अघिल्लो आवमा मात्र रोजगारीका क्रममा अंगभंग भएका ३२५ युवाले ६ करोड ६ लाख रूपैयाँ सहयोग लिएको तथ्यांक छ । गत आवमा यो संख्या केही बढेर ३३५ पुगेको छ । यो अवधिमा ३३५ कामदारको सहायताका लागि सरकारले ९ करोड ४१ लाख रुपैयाँ वितरण गरेको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]