विश्वमा नेपालली पासपोर्ट ८१ औं शक्तिशाली

२३ साउन, काठमाडौं
विश्वव्यापी नागरिकता र आवास सम्बन्धि सल्लाहकार फर्महरु आर्टन क्यापिटल्स ग्लोबल पासपोट पावर (यांक २०१९ र हेन्ली एन्ड पार्टनर्सको २०१९ हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार विश्वव्यापी शक्तिशाली पासपोर्टको सूचीमा नेपालको पासपोर्ट ८१ औं शक्तिशाली भएको छ । सूचीमा ९३ सम्म समावेश गरिएको छ । विश्वकै शक्तिशाली पासपोर्टमा अमेरिकी र युरोपेली पासपोर्ट परेका छैनन् । पहिलो शक्तिशाली पासपोर्टमा सिंगापुर, जापान र संयुक्त अरब इमिरेट्सको रहेको छ ।

हेन्ली पासपोर्ट इन्डेक्समा सिंगापुर र जापान दुवै परेका छन् भने आर्टन क्यापिटल पासपोर्ट इन्डेक्सको वर्गिकरणमा सबैभन्दा शक्तिशालीमा संयुक्त अरब इमिरेट्स पनि थपिएको छ ।हेन्लीले सिंगापुर र जापानलाई १८९ अंक दिएको छ । यो अंकले भिसाका लागि आवेदन नदिइकन पनि भ्रमण गर्न पाउने मुलुक र गन्तव्यको संख्याको प्रतिनिधित्व गर्छ । आर्टन क्यापिटलको पासपोर्ट सूचीले यूएईका नागकिलाई १७५ मुलुकमा आवतजावतको अधिकार भएको उल्लेख गरेको छ । यो सूचीमा सबैभन्दा बढी हो ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]