अख्तियारद्धारा सर्वेक्षक राजेश कर्माचार्य उपर आरोपपत्र दायर

२२ साउन, काठमाडौ
नापी कार्यालय चितवनका सर्भेक्षक राजेश कर्माचार्यले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरेबापत २० हजार घुस लिएको पाईएको छ ।
सेवाग्रासँग रकम माग गरेको रकम कर्माचार्यले जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा फिर्ता गराईएको छ । निज कर्मचारीलाई निलम्बन गरी भ्रष्टाचारको कसुरमा कारवाहीका लागि आयोगमा मिसिल फाइल सहित प्राप्त उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, चितवनका सर्भेक्षक कर्माचार्यले सेवाग्राहीबाट जग्गा कित्ताकाट गरेबापत घुस रिसवत लिएको सप्रमाण पुष्टि हुन आएको छ । अख्तियारका अनुसार निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिंदा निज प्रतिवादीलाई विगो २० हजार कायम गरि सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाका साथै सोही दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजायको समेत मागदाबी गरिएको छ ।
साथै सेवाग्राहीले राष्ट्रसेवक सर्भेक्षक कर्माचार्यलाई २० हजार घुस रिसवत दिन जाँदाका बखत केही सरोकारवाला प्रतिनिधि समेत लिई घुस रिसवत लिने कर्मचारीलाई पक्राउ गर्न मद्दत गरेको छ । साथै यथार्थ कुरा बताई अनुसन्धानमा सहयोग गरेको देखिएको हुँदा निज विष्णुप्रसाद पौडेल उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १ को उपदफा ३ बमोजिमको कसुरमा सजायको मागदाबी लिन न्यायोचित नदेखिंदा हाललाई पौडेललाई प्रस्तुत मुद्दामा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५५ बमोजिम निजलाई हुने सजायमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोईरालाले बताएका छन ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]