साउदी अरवमा नेपाली महिला कामदार चरम श्रम शोषणमा

२२ साउन, काठमाडौं
वैदेशिक रोजगारीको लागि साउदी अरव गएका कयौ नेपाली महिलाले न्युनतम श्रम अधिकारको समेत उपभोग गर्न नपाएको पाईएको छ ।
नेपाली राजदूतावास साउदी अरबले हालै गरेको अध्ययनले नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषय रहेको देखाएका हो । नेपाली राजदूतावासमा बारम्बार गुनासो आएपछि राजदूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा रहेका आधादर्जन भन्दा बढी स्थानहरुमा रहेका नेपाली महिला कामदारहरुको सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणका क्रममा पारिश्रमिककम पाएको, समयमा महिला सम्बन्धी रोगको औषधोपचार नपाएको, वीमा नगरेको, विभिन्न वहानामा अन्यत्र काममा लगाउने गरेको, मागपत्र भन्दा बाहिर गएर तीन वर्षको करार गरेको पाईएको छ । यसैगरी व्यवस्थापन वा सुपरभाइजरसंग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिंदा नलिएको, पोशाक चाहिने कामका लागि पोशाक व्यवस्था नगरेका जस्ता समस्या पनि भोग्ने गरेको पाईएको छ । बजार जांदा अकामा तथा राहदानी साथमा लान नदिएको, आवासमै भएको बकालामा महंगोमा समान खरीद गर्न बाध्य बनाएको, २ तहभन्दा वढी कम्पनीमा आपूर्ति गर्ने गरी रिक्रुट गरेको लगायतका समस्याहरु नेपाली महिला कामदारहरुमा पाइयो ।
सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा आएको पाइयो । कामदार सर्वेक्षण पछि पनि थप स्थानहरुबाट महिला कामदारहरुका गुनासा आइरहेको हुनाले, हाललाई सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरुमा नेपाली महिला कामदारहरु ल्याउने सम्बन्धी मागपत्रहरु नेपाली राजदूतावासबाट प्रमाणिकरण गर्ने कार्य स्थगित गरिएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]