विभागद्धारा म्यानपावरमा अनुगमन तिब्र

गोपाल संग्रौला
वैदेशिक रोजगार विभागले नेपाल सरकारले तोकेभन्दा बढी रकम लिइ वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीमाथिको कारबाही तीब्र पारेको छ । वैदेशिक रोजगारीमा हुने ठगी र गैरकानुनी कार्य नियन्त्रण गर्न वैदेशिक रोजगारसँग सम्बन्धित अनुगमन टोली परिचालन कायविधि लागू गरेर नियमित रूपमा अनुगमन थप प्रभावकारी बनाउँदै लगेको हो ।
वैदेशिक रोजगारीमा हुने ठगी तथा गैर कानुनी कार्यको नियन्त्रण गरी वैदेशिक रोजगार सम्बन्धी कानूनको कार्यान्वयन गर्न सरकारले अनुगमन टोली परिचालन कायविधि २०७६ लागू गरेको हो । सुरक्षित श्रम आप्रवासन सुनिश्चित गर्दै वैदेशिक रोजगार व्यवसायलाई थप मर्या्दित बनाउन तथा वैदेशिक रोजगार व्यवसायमा आवद्ध नभएका अन्य संस्थाहरू तथा व्यक्तिबाट हुनसक्ने वैदेशिक रोजगार सम्बन्धी गैरकानुनी कार्य नियन्त्रण गर्न तथा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कार्य्विधि बनाई लागू गरिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बिगत ३ महिनादेखि औषत प्रतिमहिना १३ वटा गैरकानुनी कार्य गर्ने म्यानपावर कम्पनीमा छापा मारिएको बताए । “कार्य्विधिअनुसार अब थप सशक्तरूपमा अनुगमन गरिने गरी टोली तयारी अवस्थामा राखिएको छ,” महानिर्देशक भुसालले भने, “यो हप्तामात्र पोखरामा ५ वटा म्यानपावरमा छापा मारिएको छ । यसका साथै विभागले ७०० वटा उजुरीमा फाईल खोलेर कारबाहीसमेत अघि बढाउने भएको छ ।” शनिबारसमेत विभागले नियमित अनुगमन गरिरहेको छ । उनले विभागले कार्मचारी सुत्ने बाहेको सबै समय अनुगमनमा लागाउनु परे पनि लगाउने तयारीमा रहेको समेत जानकारी दिए ।
कार्य्विधि अनुसारको अनुगमन टोलीले वैदेशिक रोजगार विभाग वा मातहतका कार्यालयबाट सुरक्षाकर्मी सहित वा सुरक्षाकर्मी वाहेक विभाग वा कार्यालयको नेतृत्व र आवश्यकतानुसार अन्य सरोकारवाला निकायको संलग्नतामा अनुगमन, निरीक्षण, बरामद तथा खानतलासी र चेकजाँचका लागि कर्मचारी खटाउने गरी कार्य्विधि तयार गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक भुसालले जानकारी दिए ।
नियमित अनुगमनका साथै कुनै भरपर्दो सूचनाका आधारमा तत्काल आवश्यक कारबाहीका लागि परिचालन हुने आकस्मिक अनुगमन टोली समेत तयारी अवस्थामा राखिएको छ । यसैगरी नियमित अनुगमनअन्तर्गत नियमित रूपमा विभिन्न चेकजाँच, अध्ययन, इजाजतपत्रवालाले राखेको अभिलेख तथा अन्य सम्बन्धित कागजातको निरीक्षण र सूचना संकलनका लागि खटिने जनाइएको छ ।
आकस्मिक अनुगमन टोली परिचालन महानिर्देशकको निर्देशन र प्रत्यक्ष रेखदेखमा विभागबाट नियमित वा आकस्मिक टोली परिचालन हुने जनाइएको छ । आकस्मिक अनुगमन टोली परिचालन गैरकानुनी तवरले वैदेशिक रोजगारीसँग सम्बन्धित रकमको लेनदेन, कागजात तयारी वा अन्य क्रियाकलापहरू भैरहेको भन्ने लिखित वा मौखिक सूचना वा उजुरी प्राप्त भएको अवस्थामा तथा विभागले आवश्यक देखेको कुनै पनि अवस्थामा महानिर्देशकको आदेशानुसार आकस्मिक अनुगमन टोली परिचालन हुने छ । टोली पुगेको स्थान र गतिविधि सम्बन्धमा नियमित रूपमा महानिर्देशकलाई तत्कालै मौखिक जानकारी गराउने, आकस्मिक अनुगमनका लागि प्रहरी आवश्यकतानुसार सशस्त्र प्रहरी समेत साथमा लैजाने कार्य्विधिमा उल्लेख छ ।
ललितपुर र पोखरामा छापा
बिदाको दिनमा समेत अवैधानिक तरिकाले कामदार छनौट गर्ने तथा झुठो सूचना फैलाई वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरूलाई अन्तर्वार्ताको लागि बोलाउने म्यानपावर व्यवसायी संस्थाको आकस्मिक अनुगमन प्रारम्भ गरेको विभागले ललितपुरस्थित प्याराडाइज इन्टरनेशनल प्रालिमा आकस्मिक अनुगमन गरी कामदारबाट तोकिएको भन्दा १२ गुणा बढी सेवा शुल्क लिइरहेको फेला पारेको छ । विभागका शाखा अधिकृत कुशल बरालको नेतृत्वमा कपिल पौडेल र सुवर्ण शाक्य सहितको टोलीले वैदेशिक रोजगारीका लागि सो संस्थाबाटबाट श्रम स्वीकृति निकालेका देवेन्द्र गुरुङ कुमार गुरुङ सुमन सार्की र गङा परियारलाई बुझाउन लगाइएको रकममध्ये कुमार गुरुङ र देवेन्द्र गुरुङबाट बुझ्दै गरेको क्रमश १ लाख १५ हजार र १ लाख १० हजार रकम जफत गरेको थियो । गंगा परियारले रकम बुझाउन आइएमइबाट मगाएको पैसा बुझाउन बाँकी रहेको र सुमन सार्कीले यूएइमा क्लिनर पदका लागि जान पोखरामै सविना गुरुङलाई १ लाख ३० हजार रकम बुझाएको खुल्न आएको छ ।
विभागले सोही प्रालिले पोखराको ग्रान्ड शिवालय होटलमा अवैध तरिकाले अन्तर्वार्ताको गर्दै गरेको भन्ने उजुरीका आधारमा आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो । यसैगरी पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा समेत टोलीले आकस्मिक अनुगमन गरेको थियो । बोर्ड हटाइ अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाई एक एक व्यक्तिलाई भित्र बोलाई अन्तर्वार्ता लिंदै गरेको पाइएको थियो । टोलीले उक्त स्थानबाट केही कागजात र कम्प्यूटर हाडडिक्स बरामद गरी बयानका लागि पत्र काटेको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]