अब कर्मचारीको सामूहिक राजीनामा स्वीकृत हुने

२२ साउन, काठमाडौं
निजामती कर्मचारीहरुको सामूहिक राजीनामा सम्बन्धमा कानुनी स्वीकृतीका सम्बन्धमा कस्तो प्रावधान राख्ने भन्ने बारेमा छलफल शुरु भएको छ ।
सरकारले कर्मचारीको सामुहिक राजीनामा स्वीकृत गर्ने कानुनी प्रावधान राख्न राज्य व्यवस्था तथा सुशाषन समितिको बैठकमा बुधबार छलफल भएको छ । सत्ता पक्षिय र बिपक्षिय संसादहरु बिच संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा व्यवस्था गर्ने कि नगर्ने भन्ने सम्बन्धमा बहस भएको छ ।
चिकित्सक, नर्स तथा अन्य क्षेत्रका कर्मचारीले आफना विभिन्न माग राख्दा शर्तको रुपमा सामुहिक राजिनामा दिने धम्की दिन थालेपछि सरकारले यसका लागि कानुनी व्यवस्था गर्न लागेको हो । यसअघि कर्मचारीको कानुनमा यससम्बन्धी स्पष्ट व्यवस्था नहुँदा डाक्टर, कर्मचारी लगायतले सामूहिक राजीनामा दिने धम्की दिँदै सेवा ठप्प परेपछि सरकारले कानुनी व्यवस्थ गर्न लागेको हो ।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बिभिन्न कारणले निजामती सेवाका कर्मचारीहरुले सामूहिक राजीनामा दिए सरकारले स्वीकृत गर्नसक्ने व्यवस्था छ । यो दफामा छलफलका क्रममा सत्ता र प्रतिपक्ष सांसदहरुको मत फरक फरक रहेको थियो । छलफलमा सहभागी संघीय मामिला तथा सामान्य प्रशाषन मन्त्री लालबाबु पण्डितले कहिलेकाही कर्मचारी पेशागत रुपमा नै सामुहिक राजिनामा माग गर्ने गरेका कारण स्वीकृतीको व्यवस्था राख्न लागिएको बताए । ‘व्याक्तिगत रुपमा राजीनामा नदिने तर सरकारलाई धेराबन्दीमा राख्न सामुहिक राजीनामाको धम्की दिने चलन बढदै छ ।’ मन्त्री बिष्टले भने ‘कर्मचारी अराजक बन्दै सरकारलाई असजिलोमा पार्ने क्रमलाई रोक्नु पर्छ ।’

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]