वैदेशिक रोजगारीमा रहेका युवाको परिवारलाई ६२ करोड, वैदेशिक रोजगारलक्षित कल्याणकारी कार्यक्रम

२१ साउन, काठमाडौ
सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली युवा र उनीहरूको परिवारको कल्याणकारी कार्यमा खर्च गर्ने रकम बढाउदै लगेर ६२ करोड रुपैयाँ पु¥याएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम वृद्धिसँगै विदेश गएका नेपाली युवाको सहायता रकमको खर्च हुनेदर समेत वृद्धि भएको छ । रोजगार प्रबद्र्धन बोर्डले वैदशिक रोजगारीका गएका नेपालीको कल्याणकारी सेवाका लागि मात्र गएको एक वर्षमा ६२ करोड रुपैयाँ सहायता र कल्याणकारी रकम वितरण गरेको छ ।
बोर्डले आर्थिक वर्ष २०७५(७६ मा वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवारको उपचार, तालिम, शिक्षा राहत लगायतका शिर्षकमा ६२ करोड ३६ लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ । अघिल्लो वर्ष ६० करोड १८ लाख ७२ हजार २८७ रुपैयाँ खर्च भएकामा गत आवमा सो रकम वृद्धि भएर ६२ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

विगत ५ वर्षदेखि कल्याणकारी कोषमा जम्मा भएको रकमबाट सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा र अधिकारका लागि मात्र लगभग ३ अर्ब रुपैयाँ खर्च गरेको छ । वैदेशिक रोजगार प्रवद्धन बोर्डले वैधानिक रूपमा वैदेशिक रोजगारीमा गएका युवाको सुरक्षा, व्यवस्थान र व्यवसाय प्रबद्र्धन गर्न आर्थिक वर्ष २०६८(६९ देखि २०७४(२०७५ सम्म मात्र २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी खर्च गरेको गरिसकेको छ । अघिल्लो आवमा मात्र बोर्डले कामदारको कल्याणकारी कामका लागि ६० करोड १८ लाख ७२ हजार २८७ रुपैयाँ खर्च गरेको थियो । बोर्डको अधिकाक्ष कार्यक्रम कामदारले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट नै खर्च गरिन्छ ।
यो रकमले कामदारको उद्दार, क्षतिपूर्ति, उपचार, तालिम र प्रबद्र्धनको काम गर्नुपर्ने बोर्डले जनाएको छ । यो रकममध्ये वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी कार्य, उद्धार एवं सामाजिक सुरक्षाका लागि मात्र ८० प्रतिशतभन्दा बढी बजेट खर्च हुने गरेको छ । बोर्डका निर्देशक दीनबन्धु सुवेदीले कामदार कल्याणकारी कार्यक्रम बढाउदै लगेर धेरैभन्दा धेरै युवालाई सेवा दिने लक्ष्य अनुसार सहायता रकम सोत वृद्धि हुने जानकारी दिए ।
वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगार कल्याणकारी कोषमा वैदेशिक रोजगारमा जानु अगाडि सरकारले तोके वमोजिमको रकम कोषमा जम्मा गर्नुपर्ने नियम छ । यो कोषको प्रयोग वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारवाट फर्कि आएका कामदारका परिवारको शैक्षिक विकास गर्न, वैदेशिक रोजगारमा गएका कामदारका परिवारको स्वास्थ्य उपचारमा सहयोग गर्न, वैदेशिक रोजगारमा गएका महिला कामदारको वालवच्चाको उचित संरक्षणका लागि शिशु स्याहार केन्द्र स्थापना र संचालन गर्ने लगायतका कार्यमा खर्च गरिने छ ।
बोर्डले गत वर्षमा मात्र वैदेशिक रोजगारीमा गएका युवाका परिवारका सदस्यको अध्ययानका लागि एक वर्षमा १ करोड ४८ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको छ । यसैगरी मृतक कामदारको परिवारका सदस्यहरूको राहतका लागि ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यसरी नै विदेशमा काम गर्दा गदै अंगभंग र बिरामी भएका कामदारको उपचारका लागि ९ करोड ४१ लाख ३ हजार सहायता दिएको छ । विदेशमा अलपत्र परेका कामदार स्वदेश झिकाउनका लागि एक वर्षमा ६ करोड ५६ लाख ५ हजार रुपैयाँ खर्च गरेको देखिन्छ ।

Releated

प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सरकार र निजी सहकार्य

५ भदौ, काठमाडौं प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाण्डौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्र्तक्र्रियामा सरकार र […]

चिनबाट बार्षिक १ हजार बिद्यार्थी पढ्न आउने योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी शिक्षाका चिनिया चाँसो

४ भदौ, काठमाडौ योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रममा चिनियाँ चासोबढेसँगै विद्यार्थी समेत अध्ययनका लागि नेपाल आउन सक्ने देखिएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ । चाईनाको चाईना डायलेक्टियल एसोसिएसनका अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो. […]