ह्याम्स अस्पतालमा हेलिप्याड सहितको एयर एम्बुलेन्स सेवा

काठमाडौं, २१ साउन
पछिल्लो समय अत्याधुनिक उपकरण सहित सर्वसुलभ, विश्वसनिय नेपालमा प्रख्यात डाक्टरहरुको समुहद्धारा सर्वसुलभ स्वास्थ्य सेवा दिदै आएको ह्याम्स अस्पतालले सोमबारबाट एयर एम्बुलेन्स सेवा विस्तार गरेको छ ।
काठमाडौंको धुम्बाराहीमा रुफटप हेलिप्याड सहितको अत्याधुनिक भवन भवन निर्माण गरी एयर एम्बुलेन्स सेवा विस्तार गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेप्mटी स्टाण्डर्डविभागबाट सोमबार अनुमति लिई अस्पतालको छतमा निर्मित हेलिप्याडमा एयर डाईनेष्टीको हेलिकप्टरले पहिलो पटक एयर एम्बुलेन्स सेवा शुरु गरेको छ ।
एयर एम्बुलेन्स सेवा शुरुवात कार्यक्रमको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, प्रो डा. भगवान कोईराला, प्रो डा. अर्जुन कार्की, अस्पतालका अध्यक्ष रामशरण भण्डारी, मेडिकल डाईरेक्टर भाष्करराज पन्तले संयुक्त रुपमा गरेका थिए । नेपालको भौगोलिक अवस्था अनुकुल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले दिवा सेवाको रुपमा १२ घण्टा एयर एम्बुलेन्स संचालन हुने अध्यक्ष भण्डारीले जानकारी दिए । हेलिकप्टर एयर एम्बुलेन्स सेवामा विगत ७ वर्षदेखी सक्रिय डा. संजय कार्कीले नेपालको दुर्गम क्षेत्रबाट विरामी ल्याउन यो सेवा विस्तार गर्नु सजिलो र उपयुक्त भएको बताए । उनले भेन्टिलेटरको माध्यमबाट इर्मजेन्सी सेवाका विरामीहरु ल्याउन पनि हेलिकप्टर सेवा महत्वपुर्ण रहेको बताए । नेपालमा हालसम्म ३÷४ वटा अस्पतालले मात्र एयर एम्बुलेन्सको सेवा दिएको भएपनि ह्रयाम्स अस्पतालले शुरु गरेको हेलप्याड सहितको स्वास्थ्य सेवाले नेपालको स्वास्थ्य क्षेत्रमा थप सुविधा विस्तार भएको छ ।

Releated

प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सरकार र निजी सहकार्य

५ भदौ, काठमाडौं प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाण्डौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्र्तक्र्रियामा सरकार र […]

३० प्रतिशत प्राविधिकमात्र तालिम प्राप्त, २० लाख जनशक्ति तालिम विहीन

२८, साउन, काठमाडौं नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत जनशक्ति मध्ये ३० प्रतिशतले मात्र व्यावसायिक तालिम तथा प्रविधिक शिक्षा लिएको पाइएको छ । जम्मा ३० लाख जनशक्ति प्राविधिक कार्यक्षेत्रमा कार्यरत रहे पनि १० लाख जनाले मात्र छोटो तथा लामो समयको तालिम र शिक्षा लिएको पाइएको हो । आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति प्रक्षेपण गरी राय सुझाव प्रतिवेदन […]