भारत प्रशासित कश्मीरमा तनाव बढ्दै, जम्मु कश्मीरमा जनजिबन प्रभावित

२० साउन, नयाँ दिल्ली
भारत सरकारले जम्मु कश्मीरलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । यो निर्णयसँगै भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । सो क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ
जम्मु र कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना राष्ट्रपति रामनाथ कोविन्दले गरेका छन् । दोस्रो कार्यकालनमा पदासीन नरेन्द्र मोदी नेतृत्वको सरकारले यो सम्बन्ध सूचना राज्यसभामा पठाएउदै सो निर्णय गरेको हो ।
जम्मु कश्मीरलाई विधानसभा सहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको केन्द्रीय गृहमन्त्री अमित शाहले तनावग्रस्त राज्य सभालाई जानकारी गएका छन । यस अतिरिक्त श्रीनगरमा हिँडडुल गर्न सर्वसाधारणलाई समेत रोक लगाउने गरी ‘धारा १४४’ लागू गरिएको छ । उक्त व्यवस्थासँगै शैक्षिक संस्था बन्द गरिएको छ भने श्रीनगरसहित कश्मीरमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको छ । पूर्व मुख्यमन्त्री अब्दुल्लाले सर्वसाधारणलाई संयमता अपनाउन आह्वान गरेका छन् । पूर्व मुख्यमन्त्री मुफ्तीले नजरबन्दमा राखिएकोमा आपत्ति जनाउँदै जम्मु कश्मीरको आवाजलाई दबाउने प्रयास भइरहेको बताएकी छन् ।
यस सम्बन्धमा पाकिस्तानले पनि कश्मीरमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ । आइतबार नेशनल सेक्युरिटी कमिटीको बैठकले भारतीय सेनाका तर्फबाट हुने कुनै पनि प्रकारका ‘दुस्साहस’को जवाफ सशक्त ढंगले दिने निर्णय गरेको छ । पाकिस्तान र अन्तर्रा्ष्ट्रिय समुदायले अफगानिस्तानमा जारी संघर्षको स्थायी समाधान खोजिरहेको समयमा नै भारतले कश्मीरको स्थायी शान्ति बिथोल्न थालेको पाकिस्तानको आरोप छ ।
यतीहुदा हुदैपनि सुरुमा अस्थायी व्यवस्थाका रुपमा कार्यान्वयन गरिएको धारा ३७० खारेजीको सम्बन्धमा भने.भातीय संविधान स्पष्ट छैन । संसदको दुवै सदनले दुई तिहाईको बहुमतले संविधान संशोधन पारित गर्नुपर्ने व्यवस्था भए पनि धारा ३७० को उपधारा ३ मा राष्ट्रपतिको आदेशाई जम्मु– कश्मीरको संविधानसभाले पारित गर्नुपर्ने उल्लेख छ । गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै निवासमा नजरबन्द गरिएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका छन ।

जम्मू र कश्मीरका बारेमा

जम्मू र कश्मीर भारतको सबैभन्दा उत्तरमा स्थित राज्य हो । पाकिस्तान यसको उत्तरी इलाका ९पाक अधिकृत कश्मीर वा आजाद कश्मीरू को क्षेत्रमा आफ्नो कब्जामा निहित राखेको छ, जबकि चीनले अक्साई चिन माथि आफ्नो कब्जा राखेको छ । भारत सरकारले यी कब्जाहरुलाई गैरकानुनी मान्दै आएको छ भने पाकिस्तान भारतीय जम्मू र कश्मीरलाई एउटा विवादित क्षेत्र मान्दै आएको छ । यस राज्यको आधिकारिक भाषा अङ्ग्रेजी तथा उर्दू रहेको छ ।
ुजम्मू र कश्मीरु मा जम्मू पुँछ सहित, कश्मीर, लद्दाख, बल्तिस्तान तथा गिलगितको क्षेत्र सम्मिलित रहेको छ । यस राज्यको पाकिस्तान अधिकृत भागलाई जोडेर यसको क्षेत्रफल २२२,२३६ वर्ग कि।मी। रहेको छ । यहाँको निवासीहरु अधिकांश मुसलमान रहेका छन्, तर उनीहरुको रहन(सहन, रीति(रिवज तथा संस्कृतिमाथि हिंदू धर्मको पर्याप्त छाप रहेको छ । कश्मीरको सीमांत क्षेत्र पाकिस्तान, अफगानिस्तान, सिंक्यांग तथा तिब्बत सँग जोडिएको छ । कश्मीर भारतको एकदमै संवेदनशील तथा महत्वपूर्ण राज्य हो । कश्मीर भारतको उत्तरी क्षेत्रमा अवस्थित छ ।
भूगोलको माध्यमले यो पहाडी र हिमाली क्षेत्र हो । यहाँ अर्थात् यस क्षेत्रमा बर्षौदेखी भुमिको बिषयमा भारत र पाकिस्तानको युद्ध चलिरहेको छ।

Releated

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]