ललिपुरस्थित प्याराडाइज मेनपावरमा विभागको छापा

कानुन भन्दा बढी सेवा शुल्क लिनेलाई कारवाई तिब्र

२० साउन, काठमाडौं
वैदेशिक रोजगार विभागले नेपाल सरकारले तोकेको भन्दा बढी रकम लिई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीहरुमाथिको कारबाही तीव्र पारेको छ ।
विदाको दिनमा समेत अवैधानिक तरिकाले कामदार छनौट गर्ने तथा झुठो सूचना फैलाई वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुलाई अन्तर्वार्ताको लागि बोलाउने म्यानपावर व्यवसायी संस्थाको आकस्मिक अनुगमन प्रारम्भ गरेको गरेको छ । विभागले आईतबार ललिपुरस्थित प्याराडाइज इन्टरनेशनल प्रालिमा आकस्मिक अनुगमन गरी कामदारबाट तोकिएको भन्दा १२ गुणा बढी सेवा शुल्क लिइरहेको अवस्थामा रङ्गेहात फेला पारेको थियो । विभागका शाखा अधिकृत कुशल बरालको नेतृत्वमा कपिल पौडेल र सुवर्ण शाक्य सहितको टोलीले वैदेशिक रोजगारीका लागि सो संस्थाबाट श्रम स्वीकृति निकालेका देवेन्द्र गुरुङ्ग, कुमार गुरुङ्ग, सुमन सार्की र गङ्गा परियारलाई बुझाउन लगाइएको रकममध्ये कुमार गुरुङ्ग र देवेन्द्र गुरुङ्गबाट बुझ्दै गरेको क्रमश १ लाख १५ हजार र १ लाख १० हजार रुपैया जफत गरेको छ ।
गङ्गा परियारले रकम बुझाउन आइएमइबाट मगाएको पैसा बुझाउन बाँकी रहेको र सुमन सार्कीले यूएइमा क्लिनर पदका लागि जान पोखरामै सविना गुरुङ्गलाई १ लाख ३० हजार रुपैया बुझाएको खुल्न आएको छ । सञ्चालकलाई कागज गराई कामदारहरुलाई आजै वैदेशिक रोजगारीमा उडान हुने गरी पठाउन र गन्तव्यमा पुगेपछि पनि सम्झौतामा उल्लिखित सबै शर्त बमोजिम कामको सुनिश्चितता गराउने शर्तनामा गराएको वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले जानकारी दिए । यसका सोथै तोकिएको भन्दा बढी सेवा शुल्क लिने मेनपावरलाई विभागमा वयानका लागि समेत पत्र काटिएको छ ।
आईतबार नै विभागले सोही प्रालिले पोखराको ग्रान्ड शिवालय होटलमा अवैध तरिकाले अन्तवार्ता गर्दै गरेको भन्ने उजुरीका आधारमा आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो तर टोली त्यहाँ पुग्नु अगावै शाखा कार्यालयका कर्मचारीहरु शाखा बन्द गरेर बाहिर निस्किसकेका थिए । त्यसै गरी पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा समेत टोलीले आकस्मिक अनुगमन गरेको थियो । बोर्ड हटाई अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाई एक एक व्यक्तिलाई भित्र बोलाई अन्तर्वार्ता लिंदै गरेको पाइएको छ । टोलीले उक्त स्थानबाट केही कागजात र कम्प्यूटर हार्ड्डिस्क बरामद गरी बयानका लागि पत्र काटेको छ ।

Releated

मालपोत कार्यालयका सहयोगी सहित अन्य एक घुस सहित पक्राउ

५ भदौ, काठमाडौं मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई नियन्त्रणमा लिईएको छ । भण्डारी र केसीले बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसंग जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस माग गरेको अभियोग छ । घुस माग्ने गरेको भनि […]

प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सरकार र निजी सहकार्य

५ भदौ, काठमाडौं प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाण्डौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्र्तक्र्रियामा सरकार र […]