नाथम कलेजका ४ छात्रालाई प्रिन्स ज्यन्ती अवार्ड २०१९

१९ साउन, काठमाडौ
होटल अन्नपुर्णले वर्षेनी वितरण गदै आएको प्रिन्स जयन्ती अचिभमेन्ट अवार्ड २०१९ नेपाल प्रर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) कलेजका ४ जना छात्रालाई प्रदान गरिएको छ ।
होटलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत आईतबार एक कार्यक्रमको आयोजना गरी सो अवार्ड वितरण गरिएको हो । यस वर्ष नाथम कलेजका बिएचएम अध्ययनरत प्रथम वर्षकी एलिना बाटा श्रेष्ठ, दोस्रो वर्षबाट जुना लामा, तेस्रो वर्षबाट निशा व्यञ्जनकार र चौथो वर्षबाट आरती सिलवालले प्राप्त गरेका छन । पुरस्कारको राशी जनही ४० हजार र प्रमाणपत्र रहेको छ । पुरस्कार संस्कृती, प्रर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिब सुरेश आर्चायले हस्तान्तरण गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा होटलका प्रवन्ध निर्देशक राजुबिक्रम शाहले नेपालको प्रर्यटन र होटल आथिथ्य विकासमा शिक्षा क्षेत्रको माध्यमबाट अन्तरराष्ट्रिय स्तरको बनाउने लक्ष्य सहित पुरस्कार वितरण कार्यक्रम राखिएको बताए । उनले छात्रालाई मात्र पुरस्कार गरेर नेपालमा मात्र होईन, विश्वमा नै नेपाली महिलाले होटल व्यवस्थापन तथा प्रर्यटनको क्षेत्रमा काम गर्न हौसला प्रदान होस भन्ने लक्ष्य रहेको बताए । महिला सशक्तिकरणमा यस्तो कार्यक्रमले थप सहयोग मिल्ने होटल व्यवस्थापनको भनाई छ । सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने कार्यमा समेत होटलले काम गदै आएको निर्देशक शाहले बताए । यसैगरी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा डिन डिल्लीराम शर्माले नाथम कलेजले देशमात्र विदेशमा समेत होटल र प्रर्यटनका क्षेत्रमा काम गर्ने दक्ष र गुणस्तरिय जनशक्ति उत्पादन गरिहेको बताए ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]