आईडिपी एजुकेसन स्टुडेन्ट सर्भिस प्राली अनुमती बिना संचालन

१९ साउन, काठमाडौ
आईडिपी एजुकेसन स्टुडेन्ट सर्भिस प्राली नामको संस्थाले बिना अनुमति आगामी अगष्ट १ देखि शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने भनी पत्रकार सम्मेलन गरी प्रचार प्रसार गरेको प्रति शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले सचेत गराएको छ ।
मन्त्रालयले शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षाका सेवाहरू सञ्चालन गर्ने संस्थाले प्रचलित ऐन नियमका अतिरिक्त शिक्षा ऐन (आठौं संशोधन) २०२८ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३ को व्यवस्थाबमोजिम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सेवा सञ्चालन अनुमति लिएर मात्र कम्पनीको उद्देश्यअनुसारका सेवाहरू सञ्चालन गर्नुपर्ने जनाएको छ । ‘तर यस्तो कानूनी प्रावधान विपरीत उक्त संस्थाले प्रचार प्रसारसहित आफ्नो सेवा सञ्चालन गर्न खोजेको देखिएको छ ।’ मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । ‘विदेशी लगानीमा साना उद्योगको रूपमा शैक्षिक परामर्श सेवा सञ्चालन गर्न खोजेको सो शैक्षिक संस्थाले कम्पनी रजिष्टार कार्यालयमा संस्था दर्ता गराएको देखिन्छ ।”
स्मरणीय छ कि, कम्पनी दर्ताको प्रमाण पत्रमा स्पष्ट रूपमा “कम्पनी संस्थापनलाई मात्र कम्पनीको उद्देश्य कार्यान्वयन गर्ने इजाजत प्रदान गरिएको नमानिने हुनाले कानूनअनुसार लिनुपर्ने अनुमति सम्बन्धित निकायबाट लिएर मात्र कम्पनीको उद्देश्यअनुसार कारोवार गर्नु पर्ने छ” भनी उल्लेख गरिएको छ । उद्योग बिभाग प्रदान गरेको स्वीकृति पत्रको विशेष शर्तको पहिलो बुँदामा नै एजुकेसन कन्सल्टेन्सी सेवा सञ्चालन गर्नु पुर्व शिक्षा मन्त्रालय÷शिक्षा बिभागको स्वीकृति लिनु पर्नेछ” उल्लेख गरिएको छ । साथै शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा १६ (ढ) मा कसैले पनि यस ऐनबमोजिम अनुमति नलिइ शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा वा पूर्व तयारी कक्षा वा विदेशी मुलुकमा सञ्चालित कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने छैन” भन्ने व्यवस्था रहेको छ ।
उल्लिखित व्यवस्था र कानूनी प्रावधानहरू अनुसार उक्त संस्थाले यस मन्त्रालयबाट शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने अनुमति नलिएको व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ । त्यसरी शैक्षिक परामर्श सेवा सञ्चालन अनुमति बेगर नै सेवा सञ्चालन गर्न खोजिएको उक्त संस्थाबाट सेवा नलिन सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूलाई मन्त्रालयले सूचित गरेको छ । साथैबिना अनुमति सेवा सञ्चालन नगर्न सो संस्थालाई सचेत गराईएको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]