श्रेष्ठको नेतृत्वमा नायरमा नयाँ कार्यसमिति

१९ साउन, काठमाडौ
अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीहरुको प्रतिनिधि मुलक संगठन अष्ट्रेलियन शैक्षिक नेपाली प्रतिनिधि संघ नेपाल नायरको नयाँ नेतृत्व चयन भएको छ ।
नायरमा यूनीक्याम्पस एजुकेशन नेटवर्क प्रालिका प्रवन्ध निर्देशक विज्ञान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति शुक्रबार सम्पन्न वार्षिक साधारणले चयन गरेको हो । कार्यसमितिको चयन आगामी २ वर्षको लागी भएको हो । निर्वाचन समितिका अध्यक्ष अधिवक्ता छत्रमणि निरौला ‘नविन’ले साधारण सभामा पेश गरेकोे निर्वाचन प्रतिवेदन अनुसार नायरको विधान वमोजिम ७ सदस्यीय कार्यसमिति पदाधिकारीहरु मध्ये अध्यक्षमा विज्ञान श्रेष्ठ, उपाध्यक्षमा प्रेम पाण्डे, महासचिवमा उद्धव खड्का र कोषाध्यक्षमा अनन्त पौडेल निर्वाचित भएका छन । कार्यसमिति सदस्यहरुमा निवर्तमान अध्यक्ष नारायण पहारी र भोजराज पाण्डे ‘विराज’ निर्वाचित भएका छन ।सवै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका र वाँकि एक जना कार्यसमिति सदस्यको स्थान रिक्त रहेको छ ।
ठमेल स्थित होटल मलवेरीमा आयोजित साधारण सभामा वोल्दै नव नियुक्त अध्यक्ष विज्ञान श्रेष्ठले नायरलाई आगामी कार्यकालमा परिणाममुखी, सफल नेतृत्व दायी भूमिका निर्वाह गर्न योग्य, विद्यार्थीहरुलाई विभिन्न सहुलियत प्याकेजहरु उपलव्ध गराउन पहल गर्ने तथा नायरलाई सवै शैक्षिक उद्योगहरुको छाता संगठनको रुपमा स्तरोन्नती गर्ने बताए ।
विभिन्न संघ संगठनहरुका प्रमुखहरुको उपस्थिती रहेको उक्त कार्याक्रममा नेपाल अष्ट्रेलिया अल्मुनाई संघ आनाका अध्यक्ष डा. रामहरी अर्याल, आनाकै निर्वतमान अध्यक्ष डा. दामोदर पोखरेल, नेपाल अष्ट्रेलिया चेम्वर अफ कमर्स एण्ड ईण्डष्ट्र«ीजका अध्यक्ष अखिल चापागाई, अष्ट्रेलियन अवार्डका कन्ट्री प्रोग्राम प्रमुख गौरव कटुवाल, आईरिनका अध्यक्ष कुमार कार्की लगायत नायरका निवर्तमान अध्यक्षहरु नारायण पहारी, नारायण वजाज, श्रीकृष्ण श्रेष्ठले नव नियुक्त पदाधिकारीहरुको सफल कार्याकालको लागी शुभकामना मन्तव्य राख्दै यस्ता सघं गठनहरुको साझा उदेश्य सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्दै राष्ट्रको विकास गर्नु रहेकोले पारस्पारिक सम्वन्ध राखेर अगाडी वढ्नु पर्ने आवश्यकता रहेको बताए ।

Releated

प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सरकार र निजी सहकार्य

५ भदौ, काठमाडौं प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाण्डौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्र्तक्र्रियामा सरकार र […]

परिवारभित्रका म्यानपावर मर्ज गर्नै पर्ने

३१ साउन, काठमाडौं अब एकै परिवारका सदस्यले एकभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने भएका छन् ।एकाघर सगोलका परिवारको सेयर रहेको एकभन्दा बढी म्यानपावर कम्पनी अब अनिवार्य रूपमा गाभिनुपर्ने भएको छ । एकाघर सगोलका सदस्यको दुईभन्दा बढी सेयर भएको संस्थालाई सरकारले इजाजत नदिने भएपछि यस्ताम्यानपावर अनिवार्य एक अर्कामा गाभिनु (मर्ज) हुनुपर्ने भएको हो । वैदेशिक […]