विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा शिक्षिका पक्राउ

रोल्पा,
आफ्नै विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा रोल्पा रुन्टीगढी गाउँपालिका(८ स्थित भानु आधारभूत प्रावि मगरगौरीमा राहत कोटामा कार्यरत सोही ठाउँ बस्ने २५ वर्षीया शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
पुनले जेठ १२ गते सोही स्कुलमा अध्ययनरत १४ जना विद्यार्थीहरुलाई स्कुल किन ढिला आएको भन्दै कुटपिट गर्दा विद्यार्थीहरु घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि दाङको तुल्सीपुर लगिएकोमा उपचार पश्चात् फिर्ता भएका छन् ।
उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धानमा भइरहेको छ ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

मालपोत कार्यालयका सहयोगी सहित अन्य एक घुस सहित पक्राउ

५ भदौ, काठमाडौं मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई नियन्त्रणमा लिईएको छ । भण्डारी र केसीले बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसंग जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस माग गरेको अभियोग छ । घुस माग्ने गरेको भनि […]