कलेजको नक्कली परिचयपत्र बनाउने पक्राउ

भक्तपुर, १७ साउन
मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट विभिन्न कलेजको नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न फ्ल्याक्स प्रिन्ट पसलका संचालक भक्तपुर गठ्ठाघर बस्ने प्रकाश मानन्धर र सोही पसलमा काम गर्ने भक्तपुर भुलनखेल घर भएका १८ वर्षीय निश्चल श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलमा बिभिन्न कलेजहरूको नक्कली परिचयपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले नक्कली परिचयपत्र ८ थान, जाजरकोट जुनीचाँदे गाउँपालिका वडा नम्बर ३ को नक्कली रबरस्ट्याम्प १ थान, पेनड्राइभ १ थान, प्रिन्टर १ थान र परिचयपत्र काट्ने कटर १ थान सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

मालपोत कार्यालयका सहयोगी सहित अन्य एक घुस सहित पक्राउ

५ भदौ, काठमाडौं मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई नियन्त्रणमा लिईएको छ । भण्डारी र केसीले बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसंग जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस माग गरेको अभियोग छ । घुस माग्ने गरेको भनि […]