कलेजको बारेमा राम्ररी बुझेर मात्र अस्ट्रेलिया जानुहोस

नेपाली विद्यार्थीका अब्रड स्टडिज भन्ने बित्तिकै अष्ट्रेलियाको नाम अगाडी आउने गरेको छ । नेपाली विद्यार्थीका लागि सेवा र परामर्शका सम्बन्धमा अनलाईनसमय मार्पmत अष्ट्रेलिया जाने नेपाली विद्यार्थी र अभिभावकलाई त्यहाँको शिक्षा प्रणाली र निबनशैलीका बारेमा जानकारी दिदै आईरहेका छौ । अष्ट्रैलिया जाने नेपाली सहित अन्तरराष्ट्रिय विद्यार्थीका लागि आवश्यक पर्ने उचित जानकारी पनि दिदै आईरहेका छौ । यसैक्रममा अष्ट्रेलियामा रहेको ब्राईटर कलेजले पनि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्ने वातावरण तयार गदै सत्यतथ्य जानकारी र परामर्श दिदै आएको छ । यस सम्बन्धमा ब्राईटन कलेजका ईन्टरनेसनल एजुकेसनका डाईरेक्टर सुमन अधिकारीसँग अनलाईनसमयका सुनिल आर्चायले गरेको कुराकानीको सार ः
ब्राईटन कलेज कसरी अगाडी बढिरहेको छ ? यस बारेमा केही बताईदिनु होला ?
ब्राईटन कलेजको बारेमा जानकारी दिनु अघि मेरो बारेमा केही जानकारी दिन गईरहेको छु । म यहाँ काम गर्नु अघि मास्टर गर्न अष्ट्रेलिया गएको थिए । मास्टर पुरा गरेपछि कलेज टे«नर एनलाईसेसका रुपमा केही समय त्यहाँ काम गर्ने अवसर पाएको थिए । मैले दुबै स्थानमा एजुकेसनका क्षेत्रमा राम्रो अवसर रहेको थाहा पाए । मेरो अनुभवको प्ररिणाम स्वरुप हामीले ब्राईटन कलेज शुरु गर्ने योजना बनाएका हौ । २०१६ मा यो कलेज शुरु गरेका हौ । यो कलेज बृहत रुपमा अघि बढिरहेको कलेज भएतापनि हामीले विद्यार्थीलाई एक कदम अगाडी बढेर के सुविधा दिन सक्छौ भनेर प्रयास गरिरहेका हुन्छौ ।
अष्ट्रेलियामा गएर अन्तरराष्ट्रिय शिक्षाको बारेमा राम्रो अनुभव हासिल गर्नु भएको छ । अष्ट्रेलिया जाने विद्यार्थीलाई के सुझाब दिनु हुन्छ ?
नेपालमा बसेर अष्ट्रेलियाको बारेमा जे सोचिएको हुन्छ, ठक्कै त्यही अष्ट्रेलियामा नहुन पनि सक्छ । हरेक तरिकाको यात्रा फरक हुन सक्छ । मेरो बारेमा चाही कुरा गर्दा शुरुमा त्यहाँ जादा धेरै कुराको जानकारी थिएन । तर जानु अघि आधारभुत कुराको अनुसन्धान गरेको थिए । त्यहाँ गएपछि पढनु पर्छ, पढदा पढदै हामीलाई आर्थिक रुपमा सबल बन्न काम पनि गर्नु पर्छ भन्ने तयारी भने भएको थियो । तर यहाँबाट कोही भाईबहिनी अध्ययानका लागि अष्ट्रेलिया जाने भनेर सोच्दै हुनुहुन्छ भने उहाँहरुलाई कम्तिमा कहाँ, कुन कलेज जादै हुनुहुन्छ ? त्यसको बारेमा बुझन सिफारिस गर्छु । र बिगत ३ वर्ष यता अष्ट्रेलिया गुणस्तरिय शिक्षा दिने गन्तब्यको रुपमा विकास हुदै गईरहेको छ । यस हिसाबले अष्ट्रेलिया सरकारले पनि त्यहाँ पाथवे अर्थात पोष्ट स्टडिजमा काम गर्ने भिसाको पनि व्यवस्था गदै गईरहेको छ । नेपालबाट कोही विद्यार्थी विदेश जाने सोच बनाउदै हुनुहुन्छ भने अष्ट्रेलियालाई एउटा गन्तब्य बनाउनु भए राम्रो हुन्छ ।
तपाईहरु ब्राईन कलेजमा अध्ययान गरिरहेका नेपाली विद्यार्थी र अन्य अन्तरराष्ट्रिय विद्यार्थीलाई कसरी सहयोग गरिरहनु भएको छ ?
नेपालको शैक्षिक प्रणाली र अष्ट्रेलियाको शैक्षिक प्रणाली धेरै फरक रहेको छ । जस्तै १२ पास गरेर जब अष्ट्रेलिया जानु हुन्छ, फरक कुरामा घुलमिल हुन अलिक समय लाग्छ । हामी जस्तो अनुभवी र व्यवसायिक रुपमा शिक्षाको परामर्शको क्षेत्रमै लागेकाहरुबाट जानु भयो भने नजिकबाट सहयोग गर्न सकिन्छ । नेपाली विद्यार्थीलाई पुर्णरुपमा तालिम दिने व्याक्तिको सहयोग हुन्छ । जसले गर्दा ऐकेडेमिकका साथसाथै नन एकेडेमिक सहयोग धेरै पाउन सक्नु हुन्छ । त्यसले उहाँहरुलाई धेरै सहयोग मिल्न सक्छ । त्यसकारण हाम्रो सहयोगमा जानु भयो भने १ वर्षमा नै उहाँलाई धेरै नै अगाडी बढन सहयोग मिल्छ ।
ब्राईटन कलेजले १ वर्ष तयारी तालिम दिदा अन्य प्mेडेरल कलेजसँग कसरी सम्पर्क स्थापित गर्छ ?
हाम्रो फेडेरसन युनिर्भसिटीसँगको सहकार्यमा अन्तरराष्ट्रिय विद्यार्थीले एक वर्ष ब्राईटन कलेजमा पढनु पर्ने हुन्छ । मुख्य फाईदा भनेको एक वर्ष डिप्लोमा पढदा युनिर्भसिटीको तुलनामा हाम्रो ब्राईटन कलेजको एक वर्ष फि तुलनात्मक रुपमा सस्तो हुन्छ । उदाहरणका लागि जस्तै कलेजमा १४÷१५ हजार डलर तिर्नु पर्ने ठाँउमा युनिर्भसिटीमा २५ हजार थप तिनु पर्ने हुन्छ । यसैगरी यहाँबाट १२ पास गरेर गएको विद्यार्थी व्याचलर पढन जानु हुन्छ । उहाँहरुलाई अध्ययानको लोड मिलाउन गाह्रो पर्ने हुन्छ । त्यसमा पनि ६ महिनाको फि तिरेर जानु भएको हुन्छ । उहाँहरु गएर काम पाउनु अघि नै अर्को वर्षको फिको बाकी पनि धेरै आउन सक्छ । तर हामीसँग जादा १ वर्ष डिप्लोमा हामीसँग पढनु हुन्छ, त्यसले गर्दा फि सस्तो, शैक्षिक वातावरण बुझिसक्नु हुन्छ । त्यसैगरी काम पाएर आर्थिक रुपमा सेटल हुने अवस्थामा हुनुहुन्छ । त्यसैले १ वर्ष हाम्रो र बाकी २ वर्ष युनिर्भसिटीमा अध्ययान गरेर ३ वर्षे ब्याचलर कोर्स पुरा गर्न सजिलो हुन्छ ।
नेपाली र अन्तरराष्ट्रिय विद्यार्थीलाई ब्राईटन कलेजले कसरी मास रुपमा नै सहयोग गरिरहेको छ ?
हामीसँग कस्तो सुविधा हुन्छ भने हाम्रो विद्यार्थीलाई अनिवार्य अभिमुखिकरण कार्यक्रम राखिरहेको हुन्छ । हामीले ओरेन्टेसनमा चाही पुर्णकालिन लगाभग १ दिनको अभिमुखिकरण कार्यक्रम राखेका हुन्छौ । यसमा पाठयक्रम, जिबनशैली, भविष्यमा के गर्ने के नगर्ने भन्ने बारेमा अभिमुखिकरण दिईने गरिन्छ । यसैगरी डेडिकेटेट स्टुडेन्ट ग्रुपले शैक्षिक र गैरशैक्षिक बिषयबस्तुमा जानकारी दिने काम गरिरहेका हुन्छन । बैंकिङ, यातायात प्रणाली, व्रिस्बेनमा कस्ता सुरक्षा उपाय अपनाउने र रोजगारी खोज्ने वर्कसप लगायतका बारेमा पनि जानकारी दिईन्छ । जस्तै एकेडेमिक साईटमा पनि एक एक गरेर एजुकेसनको बारेमा सहयोग गरिरहेको हुन्छ । यसैगरी अंग्रेजी भाषा तालिम, कम्प्युटर तालिम लगायतका बिषयमा दैनिक वर्कसप गरिरहेका हुन्छौ ।
नेपाली विद्यार्थीलाई अन्य नेपालीबाट कस्तो सहयोग गर्ने गर्दछन ?
नयाँ जाने विद्यार्थीले त्यहाँ कोही पुरानो नेपाली चिन्नु भएको छ भने र सहयोग माग्नु भयो भने सहयोग पाउन सक्नु हुन्छ । जस्तै सार्वजानिक क्षेत्रमा पनि कोही नेपालीलाई सहयोग माग्नु भयो भने पाउन सक्नु हुन्छ ।
ब्राईटन कलेजमा पढन जाने नेपालीले कस्तो कुरामा ध्यान दिनु पर्छ ?
मुख्य कुरा त यहाँहरुको रुचिको कुरा हो । उहाँहरुले नेपालमा प्लस २ मेनेजमेन्ट गरिरहनु भएको छ भने कलेजमा डिप्लोमा विजनेस लिंक टु ब्याचलर विजनेज युनिर्भसिटी प्रोग्रामहरु रहेका छन । विद्यार्थीको भविष्यको योजना र स्टडी अवाइएवल छ की छैन भन्ने कुरा हो । यहाँ अध्ययन गरेको कोर्स र अष्ट्रेलियाको कोर्स मिलेन भने केही गाह्रो हुन सक्छ । यसै गरी अष्ट्रेलियामा अध्ययनका लागि आउन तोकिएको अंग्रेजी भाषा स्कोर पुरा भएको हुनु पर्छ ।
अन्तयमा अष्ट्रेलिया अध्ययनका लागि जान खोजिरहेका छन ति विद्यार्थी र अभिभावकलाई के सुझाब दिनुहुन्छ ?
विद्यार्थीहरु अलिक तयारी अवस्थामा नरहेको पाईएको छ । उहाँहरु मेन्टल्ली तयारी नभएको वा अष्ट्रेलियाको बिशेष गरी व्रिस्बेनको सामाजिक, जिबनशैलीको बारेमा जानकार नभएको पाएको छु । विद्यार्थी र अभिभावकलाई त्यहाँको बारेमा अलिक बढी रिसर्च गर्न अनुरोध गर्दछु । त्यहाँ कोही आफन्त भए त्यहाँको जिबनशैली, कलेजको बारेमा प्रतिक्रिया लिएर अष्टे«लिया जाने तयारी गर्नुभयो भने राम्रो हुन्छ ।

Releated

शिक्षा मात्र हैन गुणस्तरिय शिक्षामा केन्द्रित एलपियु

लब्ली प्रोफेसनल युनिर्भसिटी (एलपियु) सुरक्षित र शान्त होस्टलको व्यवस्थापन रहेको भारतको प्रमुख मध्येको एक शैक्षिक संस्था हो । एलपियुका क्याम्पसमा २० हजार भन्दा बढी विद्यार्थी अध्ययन रहेका छन । एकेडेमिक मेरिटका आधारमा विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्तिको समेत सो युनिर्भसिटीमा सुविधा रहेको छ । नेपाली विद्यार्थीलाई दिदै आएको परामर्श र अन्य शैक्षिक सेवाका बारेमा केन्द्रित रहेर […]

युकेमा नेपाली विद्यार्थीका लागि पार्ट टाईम जब सहितको अध्ययन अवसर

युके पढान जानो विद्यार्थीको संख्या दिनदिनै बढदै गईरहेको छ । युकेको अध्ययानका लागि नेपालका परामर्श शैक्षिक संस्थाले राम्रो र भरपर्दो जानकारी गराईरहेका छन । यस सम्बन्धमा सौजन्य मिडियाका कार्यक्रम निर्देशक सुनिल आर्चायले मोटिफ एजुकेसन अब्रडका फाउन्डर सिईओ उमेश पाण्डेसँग गरेको गरेको कुराकानी : विद्यार्थीले युकेमा अध्ययानसँगै पार्ट टाईम काम गर्न सक्छन ? अवश्य पनि, युकेमा […]