कक्षा १२ का विद्यार्थीलाई ग्रेडबृद्धिको अवसर

१५ साउन, काठमाडौ
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीका लागि २ बिषयमा ग्रेडबृद्धिको अवसर दिएको छ ।
बैशाखमा संचालन गरेको कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागि भई हालै प्रकाशित नतिजामा कुनै २ बिषयमा मात्र ग्रेड बृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो । कुनै २ बिषयमा ग्रेडबृद्धि गर्न चहाने परीक्षा आवेदन दिन बोर्डले अनुरोध गरेको छ ।
अन्य सबै बिषयमा सि प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाकी २ बिषयमा मात्र सि वा डि प्राप्त गर्ने परीक्षार्थीले सो २ बिषय वा कुनै एक बिषयमा ग्रेडबृद्धि परीक्षा दिन सक्ने छन । अन्य सबै बिषयमा डि प्लस वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै दुई बिषयमा अनुपस्थिती भएका परीक्षार्थीले आफु अनुपस्थित भएको बिषयमा ग्रेडबृद्धि परीक्षा दिन सक्ने छन ।
यसैगरी बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन पश्चात आफुले प्राप्त गरेको कुनै बिषयको ग्रेड, अंकमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षर्थीले प्रति बिषय ५ सयका दरले दस्तुर बुझाएर पुनर्योगका लागि गर्न सक्ने जनाईएको छ । यसका लागि बोर्डको कार्यलयमा साउन २८ गतेसम्म आवेदन अनुरोध गरिएको छ ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]