मेलाम्ची नगरपालिकको वडा कार्यलयमा आगजनी

१५ साउन, काठमाडौं
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको १० नम्बर वडा कार्यालयमा आगजनी गरिएको छ । अज्ञात समुहले गरेको आगजनीबाट सो कार्यालयका कागजपत्र तथा फर्निचर लगायतका आवश्यक सामग्री जलेका छन ।

बुधबार झिसमिसेका आगजनी भएको जनाईएको छ । आगलागीपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जलेर नष्ट भएका कार्यलयका सामग्री बाहिर निकालेको स्थानियले बताएका छन ।

सो वडाका अध्यक्ष भक्तबहादुर खड्काले भवनभित्रका सबै सामग्री जलेर नष्ट भएको जनाएका छन । कार्यलयमा रहेका दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामग्री जलेर नष्ट भएका छन । मेलम्ची प्रहरी कार्यालयले आगजनीका बारेमा अनुसन्धान गरिरहेको जनाउको छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]