युवाहरुको क्षमता प्रस्फुटन गर्न मेरो कन्सल्टेन्सीले गर्यो ‘युथ गाला’

१५ साउन, काठमाडौ
युवा पुस्ताहरुलाई लक्षित गरी इन्टरनेशल युथ सोसाइटीले युथ मेलाको आयोजना गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको उक्त मेलामा विभिन्न सृजनात्मक प्रस्तुतिहरु ग्रिएका थिए ।

विशेषगरी विभिन्न क्षेत्रमा ख्यातीप्राप्त मोटिभेटरद्धारा विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरिएको थियो । सो अवसरमा युरोपियन शिक्षण पद्धतीका बारेमा ग्रिफित कलेज आयरल्यान्डकी रिजनल मेनेजर सेलिना फोलेले नेपालमा हालै एसईई परीक्षाको रिजल्ट आएसँगै राम्रो कलेज र शिक्षाको खोजीमा नेपाली विद्यार्थी भौतारिरहेको बेला आयरलैन्डको गुणस्तरिय शिक्षा प्रणालीको बारेमा जानकारी दिएकी थिईन ।

माल्टा कलेज अफ आटर्, साईन्स एन्ड टेक्नोलोजीका जनरल मेनेजर स्टेफेन भेलाले नेपाली विद्यार्थीहरुलाई आफनो करियर अगाडी बढाउन आवश्यक विभिन्न बिषयबस्तुहरुमा केन्द्रित रही एमकास्टका बिषयमा समेत प्रकाश पर्नु भएको थियो ।
ईन्टरनेसनल युथ सोसाइृटी एशियाकी रिजनल डाईरेन्टर तथा मेरो कन्सल्टेन्सीकी मेनेजिङ डाईरेक्टर जानकी गुरुङले युथ गाला कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्यका बारेमा जानकारी गराउदै कार्यक्रम सफल बनाईदिएकोमा सम्पुर्ण उपस्थित अतिथि, विद्यार्थी र सम्पुर्ण युवाहरुमा धन्यबाद व्याक्त गर्नु भयो ।

‘टुगेदर वी क्यान’ भन्ने मूल नाराका साथ गर्न गरिएको ‘युथ गाला’मा करिव २ हजारभन्दा बढी युवाहरुको सहभागिता रहेको बताइएको छ । यस मेलामा अहिलेको चर्चित ड्रोनको प्रतिस्पर्धा, फुड फेस्ट र रोबोटिक वर्कसपका साथै साङ्गीतिक प्रस्तुतिहरु पनि रहेको थियो । त्यसैगरी मेलाको अर्को आकर्षण स्पिकमाण्डौ नामक कार्यक्रम रहेको छ । यस सेगमेन्ट अन्तर्गत लामो समयदेखि विभिन्न चरणहरु पार गरेर फाइनलमा पुगेका पाँच जना युवाहरुले आफ्नो मोटिभेस्नल स्पिच थिए । मेलामा विभिन्न चर्चित कलाकारहरुका गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
इन्टरनेशनल युथ सोसाइटी नेपालका व्यवस्थापक विवश राईले प्रतिस्पर्धामा प्रथम हुने प्रतिस्पर्धीलाई २५ हजार, द्वीतीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरे ।

Releated

चिनबाट बार्षिक १ हजार बिद्यार्थी पढ्न आउने योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी शिक्षाका चिनिया चाँसो

४ भदौ, काठमाडौ योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रममा चिनियाँ चासोबढेसँगै विद्यार्थी समेत अध्ययनका लागि नेपाल आउन सक्ने देखिएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ । चाईनाको चाईना डायलेक्टियल एसोसिएसनका अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो. […]

आईएफए फुटसल वल्र्ड कपमा भाग लिन जाने

अगष्ट १७ देखी २६, २०१९ सम्म चाईनाको जिंगमेन शहरमा आईएफए अन्तराष्ट्रिय फुटसल एलाईन्स को आयोजनामा हुन गईरहेको आईएफए फुटसल वल्र्ड कपमा अन्तर्राष्ट्रिय फुटसल एलाईन्स नेपालको तर्फबाट भाग लिन जान लागेको खेलाडी टोलीलाई आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले बिदाई गरेका छन् । सतुंगलस्थित अभिलेख बचत तथा ऋण सहकारी संस्था लि.को सभाकक्षमा मेयर […]