खिर खाने पर्वका दिन नै बन्द, काठमाडौ उपत्यकाको जनजिबन सामान्य भएपनि बाहिर बन्दको प्रभाव

खिर खाने पर्वका दिन नै बन्द,
काठमाडौ उपत्यकाको जनजिबन सामान्य भएपनि बाहिर बन्दको प्रभाव
१५ साउन, काठमाडौँ
खिर खाने पर्वका रुपमा रहेको साउन १५ मा देशमा विभिन्न भागमा विप्लव समुहले बम बिस्फोट र आगजनी गरेका छन ।
नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् । बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी गरिएको हो ।

Releated

पूर्वाधार सम्मेलन तयारीका लागि प्रदेश–१ अन्तरक्रिया

२६ साउन, काठमाडौं नेपाल उद्योग परिसंघबाट आगामी भाद्रमा काठमाण्डौमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्व तयारीको क्रममा परिसंघको तर्फबाट श्रावण २३ गते प्रदेश–१ को विराटनगरमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ का मूख्यमन्त्री माननीय शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री माननीय जगदीश […]

विश्वमा नेपालली पासपोर्ट ८१ औं शक्तिशाली

२३ साउन, काठमाडौं विश्वव्यापी नागरिकता र आवास सम्बन्धि सल्लाहकार फर्महरु आर्टन क्यापिटल्स ग्लोबल पासपोट पावर (यांक २०१९ र हेन्ली एन्ड पार्टनर्सको २०१९ हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार विश्वव्यापी शक्तिशाली पासपोर्टको सूचीमा नेपालको पासपोर्ट ८१ औं शक्तिशाली भएको छ । सूचीमा ९३ सम्म समावेश गरिएको छ । विश्वकै शक्तिशाली पासपोर्टमा अमेरिकी र युरोपेली पासपोर्ट परेका छैनन् । […]