खारेज होला त अस्थायी शिक्षकको विज्ञापन ! दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै,

दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन !
१५ साउन, काठमाडौं
शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा आज फैसला हुँदैछ ।
गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । पछि पुन साउन १५ का लागि सारिएको थियो ।
असार १८ गते सर्वोच्च अदालतको संवैधानिक इजलाशले अन्तिम फैसला सुनाउन अघि दुवैपक्षका अधिवक्ताहरुसँग बहस नोट माग गरेको थियो । शिक्षा ऐनको विभिन्न व्यवस्थाहरु खारेज गर्नुपर्ने र शिक्षक सेवा आयोगले सञ्चालन गरेको अस्थायी शिक्षकहरुको विज्ञापनसमेत खारेजी गर्न सक्ने महत्वपूर्ण फैसला गर्नुपरेकाले इजलाशले पहिले बहस नोट अध्ययन गर्न खोजेको थियो ।
अस्थायी शिक्षकका सम्बन्धमा यसअघिको सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न साथै संविधानसँग बाझिएका शिक्षा ऐन, शिक्षक सेवा आयोगको नियमावलीको व्यवस्था खारेज गर्न माग गर्दै अस्थायी शिक्षकहरुले संवैधानिक इजलाशमा मुद्दा दर्ता गराएका थिए ।
जेठ २९ गते भएको बहसमा अस्थायी शिक्षकका तर्फबाट दायर १३ वटा मुद्दाको पक्षमा अधिवक्ता शान्ता पन्त, डण्डपाणी पौडेल, रामचन्द्र श्रेष्ठले बहस गरेका थिए भने सरकारका तर्फबाट सह–महाधिवक्ता रेवतीरमण त्रिपाठीले गरेका थिए । अधिवक्ता पौडेलले अस्थायी शिक्षकका २ मुद्दामा बहस गरेका थिए भने पन्त र श्रेष्ठले बाँकी ११ मुद्दामा बहस गरेका थिए ।
प्रधानन्यायधीन चोलेन्द्र शम्शेर जवरा, न्यायधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, दिपककुमार कार्की, केदारप्रसालद चालिसकोे पूर्ण इजलाशले दुवै तर्फको बहस सुनी असार १८ गते निर्णय सुनाउने जनाएको भएपपनि पुन सारेर साउन १५ गते सुनाउने जनाएका हुन् । जेठ २९ को बहसमा न्यायधीशहरु सकारात्मक रहेकाले फैसला अस्थायी शिक्षककै पक्षमा आउनेमा ढुक्क छौं’– अधिवक्ता शान्ता पन्तले भनिन् । ’सिधा शब्द नपरेपनि शिक्षा ऐनको आठौं र नवौं संशोधनको खारेजी भनेकै आयोगको विज्ञापन खारेज हुनु हो ।’
फैसला सकारात्मक आएमा २०५२ र २०६१ मा छुटेका सम्पूर्ण अस्थायी शिक्षकहरु प्रक्रिया पुर्याएर स्थायी हुने अधिवक्ता पन्तले जानकारी दिइन् । संवैधानिक इजलाशमा आयोगको विज्ञापनमा सहभागी हुन तालिम, शिक्षक लाइसेन्स, शिक्षा विषय भएको हुनुपर्ने एनको व्यवस्था खारेज हुनुपर्ने, लियन राख्ने बस्ने शिक्षकहरु, उमेरको हदबन्दी जस्ता विषय जसले परीक्षामा सहभागी हुन दिएन त्यस्ता ऐनका व्यवस्था खारेज गर्न मुद्दा परेको थियो । सबैखाले अस्थायी शिक्षकहरुले आन्तरिक परीक्षामा सहभागी हुनपाउनुपर्ने, प्रतिशत र प्रकारका आधारमा विभेद गर्न नपाउनेलगायतका विषय पनि मुद्दामा समेटिएका थिए । विशेषतः शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेज गरी २०६६ सालको सर्वोच्च अदालतको परमादेश अनुसार अस्थायी शिक्षकको व्यवस्थापन हुनुपर्ने माग मुद्दामा गरिएको छ ।
यसैगरी, शिक्षक सेवा आयोगको नियमावली २०५७ को नियम १० को उपनियम ६ ले उम्मेदवारको लागि अयोग्यताको शिर्षक अन्तर्गत नियम ९ बमोजिमको तालिम नलिएको भन्ने प्रावधानले तालिम नलिएका शिक्षकहरु विज्ञापनको फारम भर्नबाट बञ्चित भएका र भरेका फारम पनि रद्द गरेको विरुद्ध उक्त नियम १० को खण्ड ६ बदर गरी सवै तालिम नलिएका शिक्षकहरुलाई विज्ञापनमा सहभागी गराउन मुद्दा दायर गरिएको थियो ।
यसअघि वैशाख २५ गते २०७३–डब्लुओ–११७९ नम्बरको मुद्दामा सर्वोच्च अदालतले तालिम, शिक्षक लाइसेन्स नभएका, लियन राख्ने बस्ने तथा बिस्थापित शिक्षकहरुलाई परीक्षामा सहभागी गराउन भन्दै अन्तरिक आदेश जारी गरेको थियो । सो अन्तरिक आदेश बदर गराउन सरकारले निवेदन दिएपनि सर्वोच्चका न्यायधीशद्वय दिपकराज जोशी र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बदर नगरी सो मुद्दा संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको थियो । संविधानको धारा १३८ को उपधारा ३ को व्यवस्था बमोजिम सो मुद्दा संवैधानिक इजलाशमा २०७४–डब्लुसि–००१८ मा रुपान्तरण भएको थियो । अस्थायी शिक्षकका लागि अन्तिम पटक खोलिएको भनिएको विज्ञापनमा सवै अस्थायी शिक्षकहरु सहभागी हुन नपाए अस्थायी शिक्षकहरु जीवनभर अस्थायी रहने वा अवकाश हुनुपर्ने बाध्यता रहेको मुद्दामा जिकिर गरिएको एजुकेसन पाटीले जनाएको छ ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]