आईसीटी, कृषि र साना उद्योगमा रोजगारी उच्च

१५ श्रावण,काठमाडौँ
वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि नेपालमा सूचना प्रविधि, कृषि र साना उद्योगमा लगानी उपयुक्त हुने देखिएको छ । लगानी, प्रतिफल र रोजगारी सिर्जनाका हिसाबले यी क्षेत्र उपयुक्त हुने एक अध्ययनले देखाएको हो ।
विगत २ वर्षअघिको तुलनामा अबको ४ वर्षमा नै नेपालको सूचना प्रविधि, कृषि र साना उद्योगको आम्दानीमा ५० प्रतिशतले वृद्धि हुने देखिएको छ । अर्थशास्त्री डा. विश्व पौडेलले वैदेशिक रोजगारीबाट फर्केका युवाले यी क्षेत्रमा लगानी गर्दा प्रतिफल र रोजगारी सिर्जना भइ मुलुकको आर्थिक विकासमा समेत सहयोग पुग्ने सुझाव दिए । वेलायती अन्तर्रा्ष्ट्रिय सहयोग संस्था (डीएफआईडी)ले हालै नेपालका विभिन्न सात सहरका २३८ फर्ममा गरेको अध्ययनले आईसीटी क्षेत्रमा सबैभन्दा बढी २८.४० प्रतिशतका दरले जनशक्ति वृद्धि भएको देखिएको उनले बताए । यसैगरी, दोस्रोमा व्यावसायिक कृषिमा २०.१० प्रतिशतका दरले रोजगारी बढेको देखिएको छ । तेस्रोमा लघु तथा साना उद्योगमा १८.७ प्रतिशतका दरले रोजगारी बढेको देखिएको छ ।

हाइड्रोपावर र निर्माण क्षेत्रमा समेत लगानी अनुसारको प्रतिफल र रोजगारी सिर्जनाको दर बढ्ने देखिएको छ । “यी क्षेत्रमा आम्दानी र रोजगारी सिर्जनाको दर बढदो रूपमा रहेको देखिएकाले वैदेशिक रोजगारीबाट सानो पुँजी लिएर फर्केका युवाका लागि लगानी गर्ने अवसर राम्रो छ,” अर्थशास्त्री पौडेलले भने, “यस्तो अवसरले लगानी गर्ने युवा मात्र नभएर नेपालको आर्थिक विकासमा निजी क्षेत्रको पनि योगदानमा साना उद्योग र लगानीकर्ताको भूमिकासमेत बढ्ने देखिन्छ ।”
यी क्षेत्रमा लगानीअनुसार रोजगारी सिर्जनामा मात्र नभएर प्रतिफल समेत ४ वर्षमा ५० प्रतिशतभन्दा बढी देखिने अध्ययनले देखाएको छ । अबको ४ वर्षमा आईसीटी क्षेत्रमा प्रतिफलका हिसाबले सबैभन्दा बढी ३.५ प्रतिशतले वृद्धि हुने देखिएको छ भने रोजगार १८ प्रतिशतभन्दा बढी सिर्जना हुनेछ । यसैगरी, दोस्रोमा व्यावसायीक कृषिको अम्दानी २.८ प्रतिशतको हाराहारीमा वृद्धि हुने अध्ययनले देखाएको छ । लघु तथा साना उद्योगमा २.६, पर्यटनमा २.४ र निर्माण तथा हाइड्रोपावरमा १.५ प्रतिशतका दरले प्रतिफल वृद्धि हुने देखिएको छ ।
सरकारले समेत सूचना प्रविधिको क्षेत्रमा १ लाख रोजगारी सिर्जना हुने जनाउँदै यसका लागि अध्ययनसमेत गरिसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा नै सूचना प्रविधिको क्षेत्रमा अर्धदक्ष तथा दक्ष जनशक्तिका लागि ठूलो संख्यामा नेपालमा नै रोजगारी सिर्जना हुने गरी काम अघि बढाएको जनाएको छ । केही समयअघि मन्त्रालयले गठन गरेको सूचना प्रविधि क्षेत्रको रोजगार अध्ययनसम्बन्धी कार्यदलले ८० हजारभन्दा बढी रोजगारीको सम्भावना रहेको सुझाव दिएको थियो ।
नेपालमा हाल करिब १४ हजार ५ सय जनशक्ति सूचना प्रविधिको क्षेत्रमा कार्यरत रहे पनि थप ८५ हजार रोजगारी सिर्जना हुनसक्ने मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो समयमा सूचना प्रविधिको क्षेत्र निरन्तर वृद्धि भइरहेको सन्दर्भमा स्थानीय कम्पनीहरू, सेवा प्रदायक विज्ञ कम्पनीहरू तथा ती दुवै खाले काम समावेश भएका कम्पनीहरू समेत गरी १ हजारभन्दा बढी दर्तावाल कम्पनी रहेका छन् । नेपालमा सूचना प्रविधिको क्षेत्रमा वेब सेवा, सफ्टवेयर विकास, व्यवस्थापन सूचनाप्रणाली, डाटा प्रशोधन, कल सेन्टर, एनिमेसन प्रोसेसिङलगायत कार्यहरू सञ्चालनमा छन्

Releated

प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा सरकार र निजी सहकार्य

५ भदौ, काठमाडौं प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यासलाई अवलम्बन गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्न सहमत भएका छन् । नेपाल उद्योग परिसंघको वातावरण समिति तथा प्लाष्ट नेपाल फाउण्डेशनको सहकार्यमा भाद्र ४ गते काठमाण्डौंमा आयोजित प्लाष्टिक तथा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा दिगो समाधान तथा असल अभ्यास सम्बन्धी अन्र्तक्र्रियामा सरकार र […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]