फ्रान्समा अध्ययानका लागि सेमिनार तथा एडमिसन सेसन सम्पन्न

साउन १३ काठमाडौ
उच्च शिक्षा अध्ययानका लागि फ्रान्स जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढदै गईरहेको छ । युरोपियन संस्कृती र सभ्यता र आर्थिक विकास सँगसँगै फ्रन्सको उच्च गुणस्तरिय शिक्षाका कारणले पनि अन्तरराष्ट्रिय विद्यार्थी यता तिर आर्कर्षित भएका छन । फ्रन्सको शिक्षा पद्धतीको बारेमा अन्तरराष्ट्रिय विद्यार्थीलाई जानकारी दिने उद्देश्यले फ्रान्स ईन्टरनेसनल ग्रेजुएट स्कुल्स (फिग्ज) ले आफनो नयाँ शैक्षिक योजनाहरु अघि बढाईरहेको छ । फिग्जले पनि नेपालमा आफनो कार्यलय स्थापना गरी सो सस्था अन्र्तगतका आफना शैक्षिक संस्थाहरुका बारेमा पनि विद्यार्थीहरुलाई परामर्श प्रदान गरिरहेको छ ।
यसै बिषयमा जानकारी गराउने उद्देश्यले गत साता काठमाडौंमा फ्रि सेमिनार सेमिनार तथा एडमिसन सेसन कार्यक्रमको आयोजना गरिएको छ । एकेडेमिक एक्सेलेन्ट, एकेडेमिक डिग्री र नेतृत्व लोकेसन भन्ने मुल नाराका साथ फिग्जले आफना २० वटा क्याम्पसबाट आफना शैक्षिक संस्थामा बिजनेस, आईटी, टुरिजम, हेल्थ, टुरिजम र रियल स्टेट लगायतका धेरै बिषयमा अध्ययान अध्ययापन गराईरहेको छ ।
सो अवसरमा फान्स ईन्टरनेसनल ग्रेजुएट स्कुल्सकी निर्देशक बिनिडिकेट फावरले फ्रान्समा अध्ययान गर्न चाहने नेपाली विद्यार्थीलाई त्यहाँको शैक्षिक पद्धती र प्रक्रियाका बारेमा जानकारी गराएकी थिईन । उनले फिग्ज अन्र्तगतका बिभिन्न क्याम्पस तथा स्कुलमा विभिन्न कार्यक्रम संचालन भईरहेकाले नेपाली विद्यार्थीले आफनो छनोट अनुसार अध्ययान गर्न सक्ने बताई । यसै गरी नेपालमा रहेको स्टडिज कनेक्ट नेपालले फिग्जको नेपाल कार्यलयको रुपमा काम गरिरहेको छ । स्टडिज कनेक्ट नेपालका कन्ट्री मेनेजर प्रकाश ढकालले फिग्ज इजुकेसनको नेपाल प्रतिनिधि भएर नेपालमा काम गरिरहेको बताए । ‘हाम्रो कन्सल्टेन्सीले फ्रन्सबेस वैदेशिक अध्ययानलाई केन्द्रित गरेर परामर्शको काम गरिरहेको छ ।’ उनले भने ‘हामीले २०१३ सालदेखी फ्रान्सलाई लक्ष्ति गरी नेपाली विद्यार्थीलाई परामर्श प्रदान गरिरहेका छौ ।’ यसरी फ्रान्स जाने विद्यार्थी स्टडिज कनेक्ट नेपालमा सम्पर्क राख्न सकिने सो शैक्षिक परामर्श संस्थाले अनुरोध गरेको छ । यसैगरी स्टडिज कनेक्ट नेपालका परामर्शकर्ता अर्जुनमोहन भट्टराईले फ्रान्सको उच्च शिक्षा अंग्रेजी माध्यममा नै डिग्री हासिल गर्ने भए पनि व्यवहारिक सहजताका लागि अतिरिक्त फ्रेन्च भाषा जान्नु उपयुक्त हुने सुझाब दिए ।
कस्तो छ फ्रान्स ?
फ्रान्सेली जनता फ्रान्सेली भाषा बोल्दछन्। फ्रान्सका केही मानिसहरू बास्क, ब्रेटन, कातालान, कोर्सिकान, जर्मन, फ्लेमिस, ओक्थितान र आल्सातियन भाषाहरू बोल्दछन्। फ्रान्स युरोपियन सङ्गठनको सदस्य हो र यस सङ्गठनको सबैभन्दा ठूलो राष्ट्र हो। फ्रान्स आफ्ना धेरै पुराना स्मारकहरू र एतिहासिक ठाँउहरूका कारणले धेरै प्रशिद्ध छ। जस्तै लुभ्र संग्राहालय, आइफल टावर, विजयको गुम्वज, झिभेर्नी, भेर्साइको दरबार र नोत्र दाम रहेका छन ।

फ्रान्समा दक्षिणपन्थी दल तथा समाजवादी दल प्रमुख राजनीतिक दल हुन्। फ्रान्सको मुख्य धर्म रोमन क्याथोलिक भएता पनि फ्रान्स आधिकारिक रूपमा धर्म निरपेक्ष छ। यहा कुनैपनि शैक्षिक संस्थाहरूमा धार्मिक सद्भभाव झल्किने चिन्हरू लगाउन पाइंदैन। फ्रान्सको इतिहास निकै लामो छ। राजधानी पेरिस सहर एतिहासिक दृष्टिकोणले निकै सम्पन्न शहर हो। यो सहरमा ऐतिहासिक महत्वका दृष्टिले निकै भव्य र महत्वपूर्ण स्मारकहरू रहेका छन्। पहिलो र दोस्रो विश्व युद्धमा समेत बचेका यी ऐतिहासिक सम्पदाहरूको जगेर्ना गर्न सरकारले कुनै कसर बाकी राखेको छैन। शहरको बनावटमा पुरानै शैली झल्काउन सरकारले पेरिस लगायत मुख्य शहरहरूमा नया बनावटका घरहरू निर्माण गर्न दिएको छैन।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]