‘केसीसी कलेजमा ‘केसीसी एक्जिबिट २०१९

कान्तिपुर सिटी कलेज (केसीसी) ले दुई दिने केसीसी एक्जिबिट (प्रदर्शनी) आयोजना गरेको छ । ‘निपूर्ण विचार, दीगो उपाय’ मूल नारा सहितको प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गरेका थिए । प्रदर्शनीमा उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग सम्बन्धित अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङसम्बन्धी २६ भन्दा बढी विद्यार्थी प्रोजेक्टहरू, चारवटा फुड स्टल, थुप्रै गेम स्टल, साङ्गीतिक कार्यक्रम र ‘दीगोपनका लागि प्रविधि’बारे सम्मेलन आयोजना गरिएको थियो । दुई दिनमा २० हजारभन्दा बढी अवलोकनकर्ताहरूको उपस्थिति रहेको थियो । प्रदर्शनीका केही प्रोजेक्टहरूमा क्युआर कोडबाट रष्टुराँको अर्डर व्यवस्थापन, दर्ता–चलानी, रोबोट, होम अटोमेसन, क्वाडकप्टर, ट्राफिक व्यवस्थापन, आकाशे पानी सङ्कलन, स्मार्ट सिटी नमूना, पुनर्निर्माणका लागि नेपाली घरको नमूनालगायत रहेका थिए । त्यस्तै, कार्यक्रममा गायक प्रमोद खरेल, डान्सर बिनु शाक्य, लोकगायिका निशा जि एमलगायतको प्रस्तुति पनि रहेको थियो ।

‘दीगोपनका लागि प्रविधि’ विषयक सम्मेलनमा महावीर पुनले उद्योग र संरचनाबारे, डा दीपक विक्रम थापा क्षेत्रीले प्रकोपबारे, उज्ज्वल उपाध्यायले जलवायु परिवर्तनबारे, वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँणले स्मार्ट सिटीबारे लगायत अन्यले पनि प्रस्तुति गरिएको थियो । कार्यक्रममा जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा डीके लोबियाल कि–नोट स्पिकरका रुपमा रहेका थिए ।
औपचारिक उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) का साथै विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्व लगायत अन्य कलेज, विश्वविद्यालय, सरकारी निकाय, कम्पनी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]