मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम सकिन्छ – प्रचण्ड

असार ३१, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताएका छन्। ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भने  अनुसार नै आज बेलुकीसम्म सबै काम सकिने बताए।

प्रचण्डका अनुसार आज कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, विशेष कमिटी र विभागहरू गठन गर्ने काम आज साँझसम्म सकिन्छ। उनले केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने बताए।

पार्टी एकताका सबै काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशब्यापी रूपमा अभियान लिएर जनतामा जाने उनले बताए।

‘पार्टी कमिटी र जनतासँग सम्बन्ध सुदृढ बनाउन देशैभर अभियानमा जान्छौं,’ उनले भने, ‘पार्टी एकताको काम तीन महिनामा सक्ने भनिएको थियो। ढिला भएकै हो तर काम फत्ते गरेका छौं।’

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]