सौगात र नम्रताको ‘माछा माछा’ कात्तिकमा रिलिज हुने

असार ३१, काठमाडौं । नायक सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । तीन जना गाउँले यूवाहरुले शहरिया जीवन स्थापित गर्नका लागि गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा सौगातसँगै बिजय बराल र अनोज पाण्डे केन्द्रिय भूमिकामा छन् ।

सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र कात्तिकको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको प्रदर्शन मितिसँगै यसको फस्टलुक पनि रिलिज भएको छ । सार्वजनिक पोष्टरमा सौगात, बिजय , अनोजको समुह र अर्का कलाकार माओत्से गुरुङको समुह अलग–अलग देखिएको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा रामबाबु गुरुङ र दयाहाङ राइले निर्माण गरेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन र सुनिल गुरुङको लेखन छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]