पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र  एक रुपैयाँ जरिवाना

असार ३१, काठमाडौं । कञ्चनपुर  जिल्ला अदालतले  पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र  एक रुपैयाँ जरिवाना गरेको छ। सोमबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकार भण्डारीलाई सर्तसहितको कैद र जरिवाना गरेको स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए।

कञ्चनपुर जिल्ला बारले भण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा हालेको थियो। सोही मुद्दामा फैसला गर्दै जिल्ला न्यायाधीश राजेन्द्र आचार्यको इजलासले उनलाई  कैद र जरिवाना तोकेको हो। तर अहिलेलाई भने उक्त सजाय स्थगित गरी अदालतले उनलाई माफिनामाको मौका दिएको छ।

झण्डै एक वर्ष अघि कञ्चनपुरको भिमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको  थियो। सोही घटनामा प्रारम्भिक अनुसन्धानकै क्रममा लापरबाही भएको विभिन्न छानबिन समितिहरूले निष्कर्ष निकालेका थिए। त्यसपछि कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ८ जनाविरूद्ध प्रहरीले नै अदालतमा मुद्दा दायर गरेको थियो।

यही मुद्दाको सुनुवाइ प्रकृयालाई लिएर भण्डारीले आफ्नो पत्रिका मानसखण्ड दैनिक र फेसबुक स्टाटस लेखेका थिए। उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्ने भन्दै बारले उनीविरूद्ध अदालतको अवहेलना मुद्दा लगाएको थियो।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]