बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत वितरणका लागि देउवा मधेश झर्ने

असार ३१, काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत वितरणका लागि केन्द्रीय समिति बैठक स्थगित गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेश झर्ने भएका छन्।

बाढीपहिरो र डुबानमा परेकाहरूको अवस्थाबारे बुझ्न सभापति देउवा बुधबार तराईका विभिन्न जिल्ला जाने तयारी गरेका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवा हेलिकप्टर चढेर जाने तयारी गरे पनि सडकमार्गबाट जाने कि हवाइ मार्गबाट भन्ने यकिन भइसकेको छैन।

कांग्रेसका उपसभापति विमलेन्द्र निधि भने मंगलबार मधेश जाँदैछन्। सभापति देउवाले सोमबार विज्ञप्ति निकालेर बाढीपहिरो र डुबान पीडितको उद्धार राहत वितरण सरकारका तर्फबाट व्यवस्थित भए/नभएको कांग्रेसले अनुगमन गर्ने बताएका थिए।

 संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने कांग्रेस सांसदले पाँच दिनको पारिश्रमिक डुबान पीडितलाई दिने निर्णय कांग्रेस संसदीय दलले गरिसकेको छ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]