सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य छैन – मन्त्री गोकुल बाँस्कोटा

असार ३०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्।सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै  सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टयाएका हुन्।

 उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए।उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही सञ्चार माध्यमबाट आउन थालेकोमा मन्त्री बाँस्कोटाको आपत्ति छ।

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही हुने पनि बताए। उनले सञ्चार माध्यमहरूको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागिपरेको पनि बताए।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]