टुटल र पठाओको सेवालाई व्यवस्थित गर्ने प्रस्ताव विभागीय मन्त्रीसमक्ष पेश , कालो नम्बर प्लेटको मोटरसाइकल !

असार ३०, काठमाडौं । यातायात व्यवस्था विभागले भाडा लिएर मोटरसाइकलमै यात्रु बोक्न पाउने गरी कानुन संशोधन गर्ने प्रस्ताव मन्त्रालयमा पेश गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले हाल सञ्चालनमा रहेपनि कानुनीरुपले नमिलेको टुटल र पठाओको सेवालाई व्यवस्थित गर्ने प्रस्ताव विभागीय मन्त्रीसमक्ष पेश गरेका हुन् ।

केही दिनअघि मात्रै यातायात व्यवस्था महानिर्देशक कुमार प्रसाद दाहालले मोटरसाइकलबाट यात्रु ओसारप्रसार गर्ने सेवालाई व्यवस्थित गर्ने र कर तथा बीमाको दायरामा ल्याउने गरी प्रस्ताव लगेका हुन् ।

त्यसका लागि कानुनमा संशोधन गरी भाडामा यात्रु बोक्ने कामका लागि मोटरसाइकलको नम्बर प्लेट कालो बनाउने प्रस्ताव गरिएको छ ।  महानिर्देशक दाहालले यातायात मन्त्रालयका सचिव र मन्त्रीसमक्ष पेश गरेको १५ बुँदे प्रस्तावको बुँदा नम्बर १२ मा यस्तो भनिएको छ ।

‘टुटल तथा पठाओ जस्ता सेवाले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेको देखिएकाले यो कानूनविपरीत छ । यसलाई कानून बमोजिम नै बनाउन कालो नम्बर प्लेट दिने, करको दायरामा ल्याउने, इन्सुरेन्सको व्यवस्था गर्ने र भाडा नियन्त्रण गर्ने । त्यसो हुन नसकेमा सेवा नै बन्द गर्ने ।’

 

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]