चलचित्र ‘मिस्ट नेपाली’को छायांकन करिब ४५ दिनमा सकियो

 असार ३०, काठमाडौं । देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्ट नेपाली’को छायांकन करिब ४५ दिनमा सकिएको छ । आइतबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा इन्ड क्ल्याप पार्टीमा चलचित्रको छायांकन सकिएको र तिहारको छेकोमा रिलिज गर्ने जानकारी दिइएको हो ।

देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । चलचित्रमा नायक भूवन केसी दोहोरी भूमिकामा देखिदैछन् । चलचित्रमा उनको साथमा, रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।

कार्यक्रममा बोल्दै नायक भूवन केसीले चलचित्रको कथावस्तुले व्यवसायिकतासँग राष्ट्रियता पनि बोकेको बताए । नव–कलाकार साहिल र कुसुमले एउटा राम्रो चलचित्रमा काम गरेको सुनाए । चलचित्रका निर्देशक देव भुषालले सबैको साथ र सहयोगले चलचित्रको छायांकन कुनै अवरोध विना सकिएको र एउटा राम्रो चलचित्र बनाउने प्रयास गरेको बताएका थिए ।

यो चलचित्रमा प्रेमराज दाहालको लगानी छ । चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । चलचित्रले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउनेछ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]