मन्त्री नवजोत सिहं सिद्धूले पञ्जाव मन्त्रिपरिषदबाट दिए राजीनामा

 असार २९, काठमाडौं । भारतीय पूर्वक्रिकेटर तथा मन्त्री नवजोत सिहं सिद्धूले पञ्जाव मन्त्रिपरिषदबाट राजीनामा दिएका छन्।गत जुन १० मा उनले भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई राजीनामा बुझाएका हुन्।

उनले आइतबार सो राजीनामाका बारेमा आफ्नो ट्विटरबाट सार्वजनिक गरेका हुन्। त्यस्तै उनले उक्त राजीनामा पत्र पञ्जाव मुख्यमन्त्रीलाई बुझाउने ट्विटमा उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले ‘म पञ्जाव मन्त्री परिषदबाट राजीनामा दिन्छु’ भनी लेखेका छन्। सो राजीनामाको कारण पञ्जावका मुख्यमन्त्री अमरिदर सिहं र उनीबीच केही खटपट भइरहेको एजेन्सीले जनाएको छ।

मुख्यमन्त्री सिहंले लोक सभा चुनावमा राम्रो सिट नपाउँदा रिसमा नवजोत सिहं सिद्धू तथा अन्य मन्त्रीको पदमा हेरफेर गरेको कारण हुन सक्ने बताइएको छ।

उनलाई स्थानीय स्वशासन विभागबाट ऊर्जा तथा नवीकरण उर्जा विभागमा पद दिइएको थियो।

तर उनले सो पदको कार्यभार भने सम्हालेनन्। उनीविरूद्ध मन्त्रीहरूले नाराबाजी समेत लगाएका थिए। त्यसलाई अन्त्य गर्नका लागि उनले आफैं राजीनामा दिएको बुझिएको छ।एजेन्सी

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]