यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो, तीन जना घाइते

असार २७, काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । यति एअरलाइन्सको नाइन एन एएमएम कल साइन विमान कोटेश्वरपटिको ट्याक्सी वेको डेल्टा साइड मा चिप्लिएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा पुगेको छ ।

विमान चिप्लिएर दुर्घटना भएपछि विमानमा रहेका तीन जना यात्रु घाइते बनेका छन् । उनीहरुलाई तत्कालै एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।यो एक वर्षअघि युएस बंगला विमान दुर्घटना भएको स्थान नजिकै हो । जहाजमा २ बच्चासहित ६६ जना यात्रु थिए ।

विमानस्थल तत्कालका लागि १२ः१५ सम्म बन्द

रनवेको नजिकै विमान दुर्घटना भएपछि तत्कालका लागि सवा १२ बजे सम्मका लागि विमानस्थल बन्द गरिएको छ । तत्कालका लागि १२ः१५ बजेसम्म विमानस्थल बन्द गरिएपछि सवा १२ बजे विमानस्थल खुल्ने सम्भावना कम रहेको बताइएको छ ।

अहिले घाँसे मैदान र रनवेको आधा भागमा रहेको विमानलाई तानेर रनवेभन्दा बाहिर लैजाने प्रयास भइरहेको छ ।विमानस्थलमा कार्यरत एक इञ्जिनियरका अनुसार विमानस्थल खुल्न झण्डै एक घण्टा लाग्न सक्नेछ ।

यता विमानस्थल बन्द भएपछि नेपाली आकाशमै होल्डमा रहेको विमानहरु डाइभर्ट गर्न थालिएको छ ।त्रिभुवन विमानस्थल कन्ट्रोल टावरका अनुसार यतिबेला अन्तर्राष्ट्रिय विमानलाई दिल्लीमा डाइभर्ट गरिएको छ । आन्तरिक उडानलाई भने विभिन्न स्थानमा फिर्ता पठाइएको छ ।

ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको थियो ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]