अविरल वर्षाका कारण देशभर बाढी तथा पहिरो , १ को मृत्यु

असार २७, काठमाडौं । मनसुन शुरु भएपछिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। गृह मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन्।

काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ। गाउँपालिकाको वडा नम्बर ११ को कालढुङ्गामा र वडा नम्बर ७ मा रोशी खोलाको पुल नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।

यस्तै बुटवलबाट पाल्पा जाने बाटो पनि बन्द भएको छ। लमजुङ हुँदै मनाङ जाने बाटो पनि वर्षापछिको पहिरोका कारण बन्द भएको छ। वर्षाको कारणदेश भर कहाँ के भयो? शुक्रबार बिहान १० बजेसम्म देशभरबाट प्रहरीलाई प्राप्त सूचना  यस्तो छ-

गए रातिदेखि परेको बर्षाको कारण भजनी नगरपालिका ५ मा रहेको कान्द्रा नदी बढ्न गई जोखिमको सम्भावना रहेकोले यस क्षेत्रमा बसोबास गर्ने १४ घर परिवारका ३५ जनालाई घरमा रहेको अति आवश्यक सामग्रीहरु सहित हुलाकी राजमार्गको सुरक्षित स्थानमा सारिएको छ।

त्यस्तै बर्षाको कारण पाख्रिबास नगरपालिका ७ मा पर्ने माङमाया खहरे खोल्सामा आएको बाढीले धनकुटा-भोजपुर सडक अबरुद्ध भएको छ। बर्षाको कारण चौबिसे गाउँपालिका २ शुक्रवारे बस्ने ३५ वर्षीय दोर्ण तुम्साको पाली घर पहिरोले बगाउँदा करिब ३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

बर्षाको कारण कटारी नगरपालिका १४ स्थित भदौरे खोला, किण्डुक खोला र वनडाँडा खोलामा बाढी आएपछि घुर्मी-कटारी सडक खण्ड अबरोध भएको प्रहरीले जनाएको छ। रौतामाई गाउँपालिका ५ अँधेरी खोलास्थित गाइघाट-खोटाङ भित्रि सडक खण्डमा पहिरो गएपछि बाटो अवरोध भएको छ।

वर्षाको कारण महाँकाल गाउँपालिका ३ गोटीखेलस्थित खहरे खोलाले बाटो बगाउँदा मकवानपुर-ठिंगन-चापागाँउ (कान्ति लोकपथ)सडक खण्ड अवरोध भएको। बाग्मती गाउँपालिका ३ भट्टेडाँडा देविस्थान स्थित बा ४ ख ८६४ नम्बरको गाडी गुडिरहेको अवस्थामा माथिबाट ढुंगा खसी गाडीको पछाडि सवार ३५ वर्षीय दिपक घलेको टाउकोमा चोट लागी घाइते भएकोले स्थानीय स्वास्थ्य चौकी लगि उपचार भइरहेको छ।

भोजपुर- एकजनाको मृत्यु

बर्षाको कारण रामप्रसाद राई गाउँपालिका ७ बासिखोरा बस्ने ६६ वर्षीय जगतबहादुर राईको फुसको छानो भएको १ तले कच्ची घर अगाडिको पर्खाल भत्किँदा पिंढींमा सुतिरहेका जगतबहादुर राईको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ- डुबान

बिराटनगर महानगरपालिका ८ स्थित सिंगिया खोलामा बाढी आई खोलाको डिलमा बसोबास गर्ने डुम समुदायको सुकुमबासी बस्तीमा घर आँगनमा पानी पसेको छ।

बुढीगंगा गाउँपालिका ७ डंग्राहा स्थित खदाम खोलाको किनारमा बसोबास गर्ने उराउ र सरदार समुहका १३ परिवारको घरमा पानी पसी बस्न नसक्ने भएकोले १३ घर परिवारका मानिसहरु नजिकै रहेको श्री प्रगतिशिल विद्यालयको पुरानो भवनमा गई बसेका छन्।

सुन्दरहरैचा नगरपालिका १ लक्ष्मीपुरस्थित दुईवटा घरको भुइँतलामा आकाशे पानी पसी बस्न नसक्ने भएकोले छिमेकीको घरमा बसेका छन्।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]