नायिका शिल्पा पोखरेल र छवी ओझाबीच रहेको विवाद छलफलबाट टुंगियो

Posted: Thursday
नायिका शिल्पा पोखरेल र छवी ओझाबीच रहेको विवाद छलफलबाट टुंगियो

असार २६, काठमाडौं । नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच रहेको विवाद छलफलबाट टुंगिएको छ ।काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

 पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् ।

दुवै जनाबीच सहमति भए पनि शिल्पा छविसँग पहिलेझैँ सँगै बस्छिन्/बस्दिनन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए ।