विप्लव समूहका दुई जिल्लास्तरका नेता पक्राउ

जेठ २६, काठमाडौं । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द ९विप्लव० समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।रामग्राम–१० नदवा बस्ने वर्ष ५७ का अन्सारीलाई आज बिहान घरबाटै पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको उनले बताए । यसअघि विप्लव समूहकै जिल्ला सदस्य तथा उक्त समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियु ९क्रान्तिकारी० नवलपरासीकी जिल्ला अध्यक्ष शारदा भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

२२ वर्षीया भण्डारीलाई पश्चिम नवलपरासी पहरीले सरावल गाउँपालिका–१ बासाचोकबाट पक्राउ गरेको थियो । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको छ । भण्डारी कपिलवस्तु शिवराज नगरपालिका–१ की स्थायी बासिन्दा हुन् ।रासस

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]