नागरिकको सरकार गठनको माग गर्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

असार २५, काठमाडौं । दृष्टिविहीन, अपाङ्ग, असहाय र असक्तहरुले १३ बुँदे मागसहित बुधबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले पार्टीको नभइ अब नागरिकको सरकार गठन गर्नु पर्ने र अपाङ्गता भएकाहरुका लागि छुट्टै मन्त्रालयको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

यसबाहेक अपाङगता भएकाहरुको स्वास्थ्य, रोजगार, शिक्षा र बासस्थानको व्यवस्था राज्यतर्फबाट गरिनुपर्ने, ‘दृष्टिविहीनहरुको सहारा राष्ट्रको अभिभारा’ भन्ने नारा यथार्थमा परिणत गर्नुपर्ने, अपाङगता भएकाहरुलाई सडकबाट मुक्ति दिने भनाइ कार्यान्वयन गर्नुपर्ने माग उनीहरुको छ ।

यस्तै, भ्रष्टाचारजन्य कि्रयाकलाप बन्द गर्नुपर्ने, भिख होइन सीपको व्यवस्था गरी रोजगारीको सुनिश्चिता गर्नुपर्ने, अपाङ्ता भएकाहरुका लागि सबै ठाउँमा न्यायिक डेस्क स्थापना गर्नुपर्ने र सहयोगका नाममा खोलिएका सँस्थाहरु नियमसंगत संचालन गर्न वा खारेज गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]