नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन बन्ने

जेठ २५, काठमाडौं । नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन बन्ने भएको छ । साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै दुई दलबीच सहमति भएको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा काँग्रेससँग छलफल भएको स्वीकार गरे ।

‘सरकारमा रहेका दलहरुले राजपा नेपालले उठाएको मुद्दालाई वेवास्ता गरेको छ। जो प्रतिपक्षमा छ उसले साथ दिन्छ भने गठबन्धन बन्छ’ उनले भने, ‘सरकारमा रहेका दलले सेना परिचालन, मिडियासम्बन्धी विधेयकान राम्रो व्यवहार देखाएको छैन । लोकसेवा आयोगको विषयमा केही बोलिरहेको छैन ।’

लोकतान्त्रिक विधि, प्रकृया, समावेशी समानुपातिक प्रणाली कार्यान्वयन गर्नुको सट्टा सरकार जनताप्रति निरकुंश हुँदै गइरहेको दावी गर्दै संयोजक झाले समयको माग र बाध्यताका कारण गठबन्धन गर्ने निष्कर्षमा पुगेको बताए ।

सत्तारुढ दल समाजवादी पार्टी, नेपालसँग एकीकरणका लागि वार्ता चलिरहेको बेला राजपा नेपाल र काँग्रेस नजिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।   समाजवादी पार्टीसँग एकीकारणका लागि लामो समयदेखि छलफल चलि रहेपनि हालसम्म कुनै नजिता ननिस्केपछि राजपा नेपालका नेताहरु संशकिंत भएका छन् । समाजवादी पार्टीले आफूहरुलाई एकताको नाममा अल्झाएको हो कि भन्ने महसुश हुन थालेको एक नेताले जानकारी दिए ।

समाजवादी पार्टी सरकारमा भएपनि राजपा नेपाललाई कुनै प्रकारको सहयोग भएको छैन । राजपा नेपालले उठाउँदै आएको मागबारे सरकारप्रति फोरम नेपालले दवाव बढाउनुपर्ने भएपनि चुपचाप बसिरहेको राजपा नेपालले निष्कर्ष निकालेको छ ।

राजपा नेपालका एक नेताले भने, ‘समाजवादी पार्टी,सरकार छाड्ने मनस्थितिमा छैन । तर, सरकारमा भएर पनि संविधान संशोधन, लाल आयोगको प्रतिवेदन, रेशम चौधरीको मुद्दा, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता लगायतका विषयमा सरकारमाथि दवाव बनाउनुपर्ने पर्ने हो । त्यो पनि गर्न सकेको छैन । आफू सरकारमा बस्ने अनि राजपा नेपालसँग एकीकरण गर्ने भनि हल्ला गरेर अल्झाएर राखेको छ ।’

राजपा नेपालले कम्युनिस्ट पार्टीसँग सहकार्य गरेर यसअघि गठबन्धन बनाएको भएपनि काँग्रेससँग भने कहिल्यै गठनन्धन बनाएको थिएन।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]