डीआईजी प्रदेश प्रहरीको प्रमुख हुने राज्य व्यवस्थामा सहमति

जेठ २५, काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) प्रदेश प्रहरीको प्रमुख हुने भएका छन् । राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो ।

यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

सात प्रदेशमा सात डीआईजीसहित ५५ हजार प्रहरी समायोजन भएर जानेछन् । संघमा २० हजार मात्र रहनेछन् । संघबाट प्रदेशमा जाने प्रहरीको संघमा आउने बाटो भने खुलै रहनेछन ।

प्रदेशहरुले प्रहरी भर्ती गर्दै जाँदा ती पदहरु स्वतः संघमा आउनेछन् ।  प्रदेश प्रहरीको प्रमुख भएर जाने डीआईजीसहित सबै प्रहरीले प्रदेश प्रहरीकै पोशाक र दज्र्यानी चिन्ह लगाउनेछन् । प्रदेश प्रहरी प्रमुखको सरुवा संघले नै गर्ने विधेयकको व्यवस्थामा सहमति भएको छ ।

समितिका सदस्य झपट रावलका अनुसार डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने चाहिँ टुंगो लागेको छैन । केहीले प्रदेश प्रहरी आयुक्त (पुसिल कमिसनर) भन्नुपर्ने प्रस्ताव राखेका छन् भने कतिपयले प्रदेश प्रहरी प्रमुख मात्र भन्न सुझाएका छन् ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]