विप्लव कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु , विप्लव कार्यकर्ता पनि मारिए

असार २५, काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो ।

महानिरिक्षक कार्यालयका एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा मिरकुमार राई रहेको प्रहरीले जानकारी दिएको छ ।

थापाका अनुसार त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो ।

आज बिहान प्रहरी र विप्लवका कार्यकर्ता आमनेसामने हुने बित्तिकै उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेका थिए । लगत्तै प्रहरीले जवाफी फायर गरेको थियो ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]