ओखलढुंगामा बस दुर्घटना – ३ को मृत्यु , १९ जना घाइते

असार २४, काठमाडौं । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् ।

काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा बसका चलक पथरीया २ झापाका ४२ बर्षिय कृष्ण बहादुर बस्नेत,सोलु दुधकुण्ड नगरपालिका ५ का ५२ बर्षिय माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका १४ का ३० बर्षिय लाल बहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिए ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटनाको थप बिबरण आउन बाँकी छ ।

Releated

पूर्वाधार सम्मेलन तयारीका लागि प्रदेश–१ अन्तरक्रिया

२६ साउन, काठमाडौं नेपाल उद्योग परिसंघबाट आगामी भाद्रमा काठमाण्डौमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्व तयारीको क्रममा परिसंघको तर्फबाट श्रावण २३ गते प्रदेश–१ को विराटनगरमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ का मूख्यमन्त्री माननीय शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री माननीय जगदीश […]

विश्वमा नेपालली पासपोर्ट ८१ औं शक्तिशाली

२३ साउन, काठमाडौं विश्वव्यापी नागरिकता र आवास सम्बन्धि सल्लाहकार फर्महरु आर्टन क्यापिटल्स ग्लोबल पासपोट पावर (यांक २०१९ र हेन्ली एन्ड पार्टनर्सको २०१९ हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार विश्वव्यापी शक्तिशाली पासपोर्टको सूचीमा नेपालको पासपोर्ट ८१ औं शक्तिशाली भएको छ । सूचीमा ९३ सम्म समावेश गरिएको छ । विश्वकै शक्तिशाली पासपोर्टमा अमेरिकी र युरोपेली पासपोर्ट परेका छैनन् । […]