नेविसंघले पठायो सीडीओमार्फत प्रधानमन्त्रीलाई तरकारी उपहार

असार २४, काभ्रे । भारतबाट आयात हुने तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्ने सरकारी निर्णयको विरोध गर्दै नेपाल विद्यार्थी संघले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त फलफूल तथा तरकारी उपहार पठाएको छ ।

काठमाडौंलगायत देशका ७७ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत् नेविसंघले तरकारी र फलफूल उपहार पठाएको नेविसंघ नेता सुशील भट्टले बताए। सरकारले नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा नेविसंघले आन्दोलन गर्दै आएको छ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले काठमाडौंका प्रजिअ रामप्रसाद आचार्यमार्फत् विषादीयुक्त तरकारी र फलफूल प्रधानमन्त्रीलाई पठाएको हो।

यसैबीच नेविसंघले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि नाकामा विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेको नेविसंघ नेता दीपक भट्टराईले जानकारी दिए।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]