प्रजातन्त्रले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादल बेपत्ताको लिष्टमा पर्थे – कांग्रेस प्रवक्ता

असार २४, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गोली चलाएर मात्र लोकतन्त्रको रक्षा हुने हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा लोकतन्त्र रक्षाका लागि गोली चलाउँदा पौडेललगायतको मृत्यु भएको बताएपछि शर्माले ट्वीट गर्दै गृहमन्त्रीको धारणा व्यक्तिगत हो कि सरकारकै धारणा भनेर सोधेका हुन्।

‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो प्रधानमन्त्रीज्यू?,’ शर्माले भनेका छन्, ‘गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत कि सरकारकै धारणा? उसबेलाको प्रजातन्त्रले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादल बेपत्ताको लिष्टमा पुग्ने थिएनन् र? सहादतको सूचीमा भलै हामी कैयौंको नाम हुन्थ्यो।’

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]