दुई देशका सरकारबीच पत्रहरू आउने/जाने कुरा स्वभाविक हो , अन्यथा लिनुपर्दैन – सरकार प्रवक्ता

असार २४, काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन्।

मन्त्री बाँस्कोटाले मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै दुई देशका सरकारबीच पत्रहरू आउने/जाने कुरा स्वभाविक भएको बताए। यसलाई अन्यथा लिन नहुने उनले तर्क गरे।

दुई देशका सीमा जोडिएकोले उत्पादनहरू आदानप्रदान हुने र त्यस्ता पत्र आदान-प्रदान पनि हुने उनले बताए। उनले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको स्पष्ट पारे।

उनले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको पनि बताउँदै सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको बताए।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]