प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

असार २४ , काठमाडौं ।  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण १५ मिनेटलाई स्थगित भएको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको हो।

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सर्लाहीका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको शंकास्पद मृत्युलाई लिएर कांग्रेस र राजपाले गृहमन्त्रीको जवाफ माग गरेका थिए।

लगत्तै गृहमन्त्री रामबहादुर थापाले जवाफ दिएका थिए। तर थापाको जवाफ चित्त नबुझेपछि कांग्रेस र राजपाले संसदीय छानबिन समितिको माग अगाडि सारेका थिए।

संसदीय छानबिन समिति गठन गरेर पन्ध्र मिनेटका लागि स्थगित भएको बैठक सुचारु गराउन सभामुख कृष्णबहादुर महराले पहल गरेका थिए। तर सत्तारूढ दलहरूले छानबिन समितिको मागबारे कुरा नगर्ने बताएपछि बैठक सूचना मार्फत् स्थगित भएको हो।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]