एसीसी यु-१९ – हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल बन्यो बिजेता

असार २४, काठमाडौं । नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि उचालेको हो ।

हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु-१९ एसिया कपमा छनोट भएको छ । ९६ रनको लक्ष्य नेपालले १६ दशमलव १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ्स पवन सरार्फले उकासेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । कप्तान राेहित पाैडेल १२ रनमा आउट हुदाँ खड्ग बहादुर बाेहरा ८ रनमा पाेविलियन फर्किए । भीम सार्कीले ८ रन बनाउँदा हरीबहादुर चाैहान शुन्य रनमा अविजित रहे ।

Image may contain: 1 person, smiling, playing a sport, standing, baseball and outdoor

यसअघि, क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो ।

खराब सुरुवात गरेको हङकङले रनको खाता नखोल्दै महत्वपूर्ण २ विकेट गुमाएको थियो । तर, आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन बनाए ।

हङकङलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले किफायती बलिङ गरे । १० ओभरमा ५ मेडनसहित १८ रन खर्चेर सागरले ५ विकेट लिए ।

यस्तै कमल सिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारीको नाममा एक एक विकेट रह्यो ।

 

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]