नेपाली युवा टोली एकै पटक दुई यू-१९ एसिया कपको लागि छनोट

असार २४ , काठमाडौं ।गत अप्रिलमा मलेसियामा भएको आइसीसी यू-१९ विश्वकप क्वालिफायर एसिया रिजनमा युएईसँग १ रनको हार बेहोर्दा विश्वकप पुग्नबाट चुकेको नेपाली युवा टोली एकै पटक दुई यू-१९ एसिया कपको लागि छनोट भएको छ।

मलेसियामा मंगलवार सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपालले यसै वर्ष श्रीलंकामा हुने र २०२० मा हुने यू-१९ एसिया कपमा स्थान पक्का गरेको हो।

सागर ढकालले शानदार बलिङ गर्दै ५ विकेट लिएपछि नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो।

दुई महिना अघि मलेसियामा भएको यू-१९ विश्वकपमा वर्षा बाधक बन्दा नेपाल युएईसँग १ रनले पराजित भएको थियो र अन्त्यमा त्यही हार नै नेपालको लागि महँगो सावित बन्दा विश्वकप पुग्न सकेन। एसियाबाट एक टिम मात्र विश्वकप पुग्ने नियम रहेका कारण लिगमा सबै ५ खेल जितेको युएई (१०अंङ्क) छनोट हुादा  १ खेल हारेको नेपाल  (८अंक) नोट हुन सकेन।

इस्टर्न रिजनमा भने नेपालले प्रतिद्वन्दीलाई सहजै हरायो। समूह चरण चीन र सिंगापुरलाई सहजै हराएको नेपालले सेमिफाइनलमा घरेलु टोली मलेसियालाई पराजित गरेको थियो।

सन् २०१७ मा नेपालले इस्टर्न रिजन जित्दा पनि हङकङलाई नै हराएको थियो।

लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपालले अब एसियाको टेष्ट नेशन्नसका युवा टोलीहरु समावेश यू-१९ एसिया कप खेल्नेछ। उक्त प्रतियोगिता यही वर्ष अगष्ट/सेप्टेम्वर श्रीलंकामा हुनेछ। जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान सँगै युएई र कुवेत पनि सहभागि हुनेछ।

युएई एसिया रिजनबाट यू-१९ मा विश्वकपमा छनोट भएकोले सिधै विश्वकपमा स्थान पक्का गरेपछि वेस्टर्न रिजनको उपविजेता बनेको कुवेतले पनि एसिया कप खेल्ने अवसर पाएको हो।

यस्तै एसियन क्रिकेट काउन्सिलले दुई-वर्षमा इस्टर्न रिजन गर्ने र २०२० मा पनि यू-१९ एसिया कप आयोजना हुने भएकोले इस्टर्न रिजनबाट दुई टिमलाई सिधै २०२० को एसिया कप छनोट हुने प्रावधान राखेको छ।

त्यसैले गर्दा नेपालले दुवै एसिया कपमा स्थान पक्का गरेको हो।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]