कुमार पौडेलको हत्याको छानबीन समितिको माग गर्दै प्रतिपक्षीले रोष्ट्रम घेरेपछि संसद अबरुद्ध

असार २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदीय छानबीन समितिको माग गर्दै रोष्ट्रम घेरेपछि संसद अबरुद्ध भएको छ। प्रतिपक्षीले विप्लवको नेकपाका कार्यकर्ता कुमार पौडेलको हत्याबारे अनुसन्धान गर्न संसदीय छानबीन समिति बनाउनु पर्ने माग गरेका छन्।

विपक्षीको अडानपछि संसदको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युलाई लिएर दुवै दलले जवाफ मागेका थिए।

मंगलबार संसदमा गृहमन्त्री रामबहादुर थापा बादलले जवाफ दिए पनि गृहमन्त्रीको जवाफ प्रष्ट नभएको भन्दै दुवै दलले संसदीय छानविन समिति बनाउन माग गरे ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]