कस्तुरीको बिना सहित नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ

असार २३, काठमाडौं  ।  प्रतिबन्धित कस्तुरीको बिना सहित पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ गरेका छन्। महानगरीय कार्यालय रानीपोखरीको टोलीले हवल्दार बमबहादुर चन्दलाई आइतबार साँझ पक्राउ गरेको हो ।

कार्यालयका एसएसपी श्याम ज्ञवालीका अनुसार हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेष्टबाट पक्राउ परेका हुन्। ‘प्रतिबन्धित कस्तुरीको बिना सहित पक्राउ गरेका हौँ। थप अनुसन्धान भइरहेको छ,’ उनले भने।

सुरक्षा सेवा निर्देशनालयले खटाएपछि दैलेख घर भएका ३५ वर्षीय हवल्दार चन्द केही समयदेखि ने क पाका राष्ट्रियसभा संसदीय दलका नेतासमेत रहेका पूर्वमन्त्री शर्माको पिएसओ रूपमा कार्यरत रहेका थिए। प्रहरीले उनीसँगै अन्य छ जनालाई समेत पक्राउ गरेको छ। ‘हाम्रो टोलीलाई विशेष सूचना आएको थियो। फलो गर्दै जाँदा सङ्गठनका कर्मचारी नै भेटिए,’ एसएसपी ज्ञवालीले भने।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]